• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारी थालेको छ । साउनको दोस्रो हप्ता प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको प्रधानमन्त्री निटक स्रोतले जानकारी दिएको छ ।

यसका साथै प्रधानमन्त्री ओली असारको दोस्रो हप्ता स्पेनको भ्रमण गर्नेछन् । स्पेन भ्रमणको मिति लगभग टुंगो लागिसकेकोले परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी सुरु गरिसकेको छ । तर, भारत भ्रमणको तयारी अझै प्रारम्भिक चरणमै रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । भारत भ्रमणको सन्दर्भमा नयाँ दिल्लीबाट सकारात्मक संकेत आएकाले सोहीअनुसार तयारी थालिएको अधिकारीहरूको भनाइ छ ।

यसका साथै नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा भारतीय अधिकारीहरूसँग छलफल थालेका छन् । यो भ्रमण साउनको दोस्रो हप्तामा हुने सम्भावना बढी रहेको अधिकारीहरू बताउँछन् ।

यदि पहलगाममा आतंकवादी आक्रमण नभएको भए प्रधानमन्त्रीको भारत भ्रमण जुनमै हुनेथियो । भारत–पाकिस्तानबीचको तनावका कारण भ्रमण पछि धकेलिएको हो ।

नयाँ दिल्लीबाट सकारात्मक संकेतहरू आएपछि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्लीमा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आवश्यक समन्वय गरिरहेका छन् ।

यसबीच प्रधानमन्त्री ओली आगामी जुन ३० देखि जुलाई ३ (असार १६–१९)सम्म स्पेनको सेभिलमा हुने चौथो संयुक्त राष्ट्र संघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुने छन् ।

यो उच्चस्तरीय सम्मेलनले विश्वभरका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूलाई दिगो विकासका लागि वित्तीय सहकार्यबारे छलफल गर्न एक ठाउँमा ल्याउनेछ । परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनका लागि प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको छ ।

साथै मन्त्रालयले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणको व्यवस्था मिलाइदिन पनि स्पेन सरकारलाई अग्रह गरेको छ । तर स्पेनले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणका लागि औपचारिक सहमति अझै दिएको छैन । यदि प्रधानमन्त्रीले यूरोपेली देशको द्विपक्षीय भ्रमण गरेमा उनी स्पेनका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् र काठमाडौं र म्याड्रिडबीच केही सम्झौताहरूमा हस्ताक्षर हुनेछन् ।

विकासका लागि वित्तीय सम्मेलनहरू नै एकमात्र यस्तो अन्तर्राष्ट्रिय मञ्च हो जहाँ सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू, वित्तीय र व्यापारिक संस्था, निजी क्षेत्र, नागरिक समाज र संयुक्त राष्ट्र प्रणाली एकै ठाउँमा भेला भएर दिगो विकासका लागि सहकार्यबारे छलफल गर्छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे आफू जानकार भएको तर भारत भ्रमणको बारेमा खासै थाहा नभएको बताए । ‘प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पटकपटक भेटिसक्नुभएको छ, त्यसैले भ्रमणको सम्भावना सधैँ खुला हुन्छ’, उनले भने ।

गत वर्ष जेठमा प्रधानमन्त्रीमा नियुक्त भएका ओली भारत भ्रमणको लागि प्रयासरत छन् । तर हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन । भारतले ओलीको भ्रमणमा अनिच्छा देखाउँदा उनको भारत भ्रमण हुन सकिरहेको थिएन ।

तर प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग संयुक्त राष्ट्रसंघ महासभा (न्यूयोर्क) र छैठौं बिमस्टेक सम्मेलन (बैंकक) मा दुईपटक भेट गरिसकेका छन् ।

एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले स्पेन भ्रमणपछि भारतको भ्रमण गर्ने गरी प्रारम्भिक तयारी सुरु भएको छ ।

भारतले नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन सरकारलाई नरुचाएको कारण ओलीको भ्रमण हुन नसकिरहेको विश्लेषण नेपालमा हुने गरेको छ । तर यी दुई पार्टीको सरकार तलमाथी तत्काल नहुने देखेपछि भारतले पनि ओलीलाई अब भारत भ्रमण गराउन खोजेको देखिएको छ ।

तुर्कमेनिस्तान पनि जाने

प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेन र भारतको भ्रमणसँगै मध्य–एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणको तयारी पनि थालेको छ ।

२०–२३ साउन (५–८ अगस्ट) मा तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेस्रो सम्मेलन हुँदै छ । यो निकाय पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतकै हो ।

तुर्कमेनिस्तान पनि भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्र संघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकता दिँदै आएको छ । यही कारणले पनि यो सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने परराष्टका अधिकारीहरू बताउँछन् ।

Previous Post

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

Next Post

मुुलुक पुरानो व्यवस्थामा नफर्कने

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

मुुलुक पुरानो व्यवस्थामा नफर्कने

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In