• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी(म्याग्दी), २३ जेठः विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

हिमालमा मानव पाइला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको वास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । यसअघि कास्की र राजधानी काठमाडौँ केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकामा पहिलोपटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाइएको छ ।

हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङ आउनुभएको थियो । धेरै कोसिस र प्रयास गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

प्रधानमन्त्री र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरुको समेत सहभागितामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

हीरक महोत्सवका अवसरमा करिब २०० जनाको सहभागितामा नारच्याङदेखि आधार शिविरसम्मको पदयात्रा, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुख्र्यौली नृत्य प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएको थियो ।

हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालका रुपमा परिचित भए पनि आरोहण भएको वास्तविक भूगोल ओझेलमा परेकाले हीरक वार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

“जेठो हिमालका रुपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिए पनि वास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासँग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तरराष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ”, लामिछानेले भन्नुभयो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो ।

अन्नपूर्ण हिमाल आरोहण दिवस यसअघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकामा यस पटक हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचानसमेत गुमनाम बनेको थियो ।

सन् २०१० मा हेलिकप्टरमार्फत नारच्याङ गाउँ आउनुभएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयवासीलाई अवगत गराएपछि विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।

“हामीले वर्षौं लगाएर पदमार्गलगायत पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गका रुपमा नामकरणसमेत गरेका छौँ, वर्षांैदेखि ओझेलमा परेको यो क्षेत्रले पहिलोपटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ,” पदमार्गका अभियानकर्मी गुरुङले भन्नुभयो ।

उहाँका अनुसार हीरक महोत्सवका अवसरमा आधार शिविरमा प्रथम आरोहीहरुको सालिक अनावरण गर्नाका साथै अहिलेसम्मका सबै आरोहीहरुको अभिलेख समेत खुला सङ्ग्रहालय बनाएर राखिएको छ । प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ ।

Previous Post

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

Next Post

जिपी भवनः काम थाल्न तीन करोड

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
जिपी भवनः काम थाल्न तीन करोड

जिपी भवनः काम थाल्न तीन करोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In