• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

by
२ माघ २०७९,
0
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर ।
‘गाउँगाउँ जस्तो छैन
सहरसहर जस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

रुमका चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना । टुनी र सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली । तीन–चार हल गोरु नारेर दाइँ हाल्न मिल्ने ठूलो आँगन । आँगनकै छेउमा बाह्रैमास पानी झरिरहने धारो । घरको नजिकै धन्सार सहितको गोठ । वरिपरि खेतबारीको हरियाली । उत्तरतिर हेर्दा मुसुक्क मुस्कुराएजस्ता देखिने धौलागिरि हिमश्रृङ्खला ।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइँका कारण एक्लिदै जान थालेको छ । गाउँमा घरहरु त छन् तर, घरमा बस्ने मानिसहरु छैनन् । बस्ती पातलिदै जान थालेको छ । भीरपहरा र खोलाहरु छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् ।

विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरु थप सुविधाको खोजीमा सहरबजार र तराईतिर जानेक्रम भने नरोकिएको मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोका बताउँछन्। रुम मात्रै होइन, आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको जिल्लाका दर्जनौँ गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् ।

एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराइले पातलिँदै गएका छन् । अहिले अवस्था पूरै फेरिएको छ । मालिका, मङ्गला र बेनी नगरपालिका विभिन्न बस्तीबाट सबैभन्दा बढी बसाइँसराइ भएको छ । कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोस दिने मानिस छैन ।

जिल्लाका ग्रामीण भेगहरुमा पुग्दा बाक्ला घरहरु त देखिन्छन् तर घरमा बस्ने मानिसहरु भेटिदैनन् । ताल्चा लगाइएको घरको ढोका अगाडिको पिँढी र आगनमा झार उम्रिएको छ । प्लाष्टिकले ओत दिएर घर अडाइएको छ । घरहरुमा भेटिएका केही थान मानिसहरु पनि उमेरले जेष्ठ नागरिकहरु नै थिए । रित्तिएका घरहरुका खेतबारी पनि बाँझा छन् । अगेनीमा ऐजैरु पलाएको छ ।

पछिल्लो आम निर्वाचनमा कूल मतको ४३ प्रतिशत मत मात्र खसेको बेनी नगरपालिका–३ तोराखेत गाउँको अवस्था पनि यस्तै छ । क्षेत्री र दलित समुदायको मिश्रित बसाई रहेको यो गाउँ पहिराका कारण पनि उजाडिएको छ । एक दशकअघिसम्म २१७ धरधुरी रहेको यो गाउँमा अहिले ३९ घर परिवारको मात्र बसोबास रहेको र अरु सबै बसाइँसराइ गरी अन्यत्र गइसकेको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए ।

गाउँघर रित्तिदै जाने सिलसिला रुम र तोराखेतको मात्र होइन, जिल्लाका अधिकांश बस्तीहरुको यो साझा समस्या हो । जिल्लाको पश्चिमी क्षेत्रका वडाहरुमा बर्सेनि सयौँ परिवारले गाउँ छोड्ने गरेका छन् । गाउँमा उत्पादनमुखी काममा लाग्नुभन्दा घरमुलीको जागिरको पैसाले सहरको बसाईमा रमाउनेको सङ्ख्या अधिक देखिन्छ ।

उता शिक्षा र स्वास्थ्य सेवा गाउँ घरमा उपयुक्त नपाएका कारण पनि ग्रामीण समुदायको बसाई रित्तिदै गएको देखिन्छ । शहर केन्द्रित बसाई पछिल्लो दुई दशकदेखि बढेर गएको हो । पचासको दशकमा देशमा सुरु भएको सशस्त्र जनयुद्धले धेरै गाउँका मानिसहरु सदरमुकाम र बजार क्षेत्रमा झरे । युद्ध सकिएको साठीको दशकमा यो क्रम रोकिने विश्वास थियो तर बसाइँसराइ रोकिएन ।

पछिल्लो राजनीतिक मुद्दा पनि बसाइँसराइ रोक्नुपर्छ भन्ने भएको छ । निर्वाचनका बेलामा म्याग्दी जिल्लाका प्रतिनिधिसभाका सांसद खमबहादुर शेरपुंजा ९खम्वीर० ले पनि गाउँको बसाइँसराइँ रोक्ने योजना सार्वजनिक गर्नुभएको थियो । उनले गाउँमा मोटरबाटो निर्माण भएको, घरघरमा खानेपानी र अन्य पूर्वाधार बन्दै गरेको भए पनि गाउँका बस्ती रित्तिएकामा चिन्ता व्यक्त गरे ।

एक दशकअघि ५२ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २२ घरधुरी मात्रै छन् । त्यसैगरी दुई सय १७ घरधुरी भएको उपल्लो ज्यामरुककोट क्षेत्रबाट ६२ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रकान्त शर्माले बताउनुभयो । बेनी नगरपािलका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले पाँच वर्षमा ४६ बढी परिवारले बसाइँ सरेको जानकारी दिए । गाउँमा विकासले विस्तारै गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ ।

गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको मालिका गाउँपालिका–५ देविस्थानका ६४ वर्षीय शेरबहादुर बुढाले बताए । बसाइँ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्नसमेत समस्या हुने गरेको उनको भनाइ छ । म्याग्दीबाट प्रायः काठमाडौँ, पोखरा, चितवनलगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने गरेका छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा थपिदै गए पनि बसाइँसराइ घट्नुको साटो बढिरहेकामा स्थानीय जनप्रतिनिधिहरुलेसमेत चिन्ता व्यक्त गरेका छन् ।

बढ्दो बसाइँसराइले गाउँघर खाली बन्दै गएका छन् । बस्ती पातलिँदा असुरक्षा बढ्दै गएको रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । प्रायः छोराहरू वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको उनको भनाइ छ । ‘कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर झरेका छन्’ भण्डारीले भने, ‘आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जङ्गलमा परिणत हुँदै गएका छन् ।’

अहिले जिल्ला बाहिर मात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र सदरमुकाम बेनी, दरबाङ, गलेश्वर, पोखरेबगर, बाबियाचौरलगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जङ्गली जनावरको आतङ्कलगायतका कारण वर्षौं पहिलेदेखि शुरु भएको बसाइँसराइ गाउँगाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताए।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । ‘युवा नहुँदा गाउँ, गाउँघरजस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिदैनन्’ आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाएका ज्यामरुककोटका चन्द्रबहादुर कार्कीले भने, ‘मुलुकमा आएको ठूलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० कक्षा पास गरेपछि सहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरुप्रति त कसैको आँखै लाग्दैन ।’

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरुको सङ्ख्या बढ्दै गए पनि विदेश नै नगई गाउँमा नै अवसरहरुको खोजी गर्ने युवा भने नगण्य मात्रामा रहेका छन् । ‘स्कुले बालबालिकादेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ’, बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भने ‘कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौँ रु भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।’

युवाहरुमा सकेसम्म युरोप, अमेरिकामा बस्ने नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरु ओझेलमा परेको छ । रोजगारीका लागि विदेश पसेका युवाबाट म्याग्दीमा वार्षिक तीन अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको बैंक तथा वित्तीय संस्थाहरुको तथ्याङ्क छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोराछोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरु बसाइ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यति सजिलै बिर्सन उनीहरु तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।
बसाइँसराइका कारण जनसङ्ख्या घट्यो

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँसराइँ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार २०६८ सालको तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।

विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । ‘म्याग्दीको जनसङ्ख्या घट्नुमा वैदेशिक रोजगार र बसाइँसराइ नै प्रमुख कारण हो’, सापकोटाले भने ।

रासस

Previous Post

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

Next Post

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

सम्बन्धित खबर

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
Load More
Next Post
कोदो र फापरको न्यूनतम मूल्य तोकियो

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In