• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसपटक देखिएको डेंगुमा सेरोटाइप–३ स्वरूप धेरै

by
२ माघ २०७९,
0
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा गरिएको नमूना परीक्षणमा सेरोटाइप–३ स्वरूपको डेंगु धेरै देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरूपको डेंगु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले जानकारी दिए।

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप–३ धेरै देखिएको बताए। ‘यसभन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप–३ देखिएको थियो,’ उनले भने, ‘यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप–३ देखिएको छ।’

सामन्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप–३ देखिने सम्भावना रहेको उनको भनाइ छ। उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरुप ९मिक्स० भने छ जनाको नमूना परीक्षणमा देखिएको छ।

सामान्यता एकपटक डेंगु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप–२, सेरोटाइप–३ देखिने गर्दछ । ‘सेरोटाइप–१ र सेरोटाइप–२ भइसकेका बिरामीले डेंगुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन्,’ उनले भने, ‘यही ती दुई स्वरूपको संक्रमण भइसकेका बिरामीलाई पुनः डेंगु भयो भने सेरोटाइप–३ हुन्छ।’

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप–३ देखिएको छ। यस्तै टेकुमा सेरोटाइप–१ प्रजाति एक सय २६, सेरोटाइप–२ प्रजाति २९ र ५३ नमूना परीक्षणमा डेंगु देखिएको थिएन। यस्तै त्रिविमा ५० जनामा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ स्वरूप २१ र सेरोटाइप–२ स्वरूप पाँच जना र छ जनामा डेंगुको संक्रमण देखिएको थिएन। यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप–१ देखिएको थियो।

महाशाखाले यसअघि २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उनले जानकारी दिए। डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्दछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा। विमल चालिसे अघिल्लो पटक बिरामीमा देखिएको डेंगुको स्वरूप पछिल्लो फेरि डेंगु देखिएका स्वरूप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन्। ‘पहिलो पटक सेरोटाइप–१ डेंगुको स्वरूप देखिएको छ भने अर्को पटक संक्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ,’ उनले भने, ‘यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ।’

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले संक्रमण भएको भन्दा दोस्रो पटक डेंगु भएका बिरामीलाई गराउने गर्दछ।

यस्तै सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन्। नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएको र डेंगुबाट ८८ जनाको ज्यान गइसकेको छ। महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। दाहालले डेंगु संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताए।

सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ। तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगुका बिरामी देखिएका थिए। त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ। सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए।

Previous Post

अवैधरुपमा सञ्चालन भएरहेका थप छ क्रसर उद्योग बन्द

Next Post

कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छः प्रवक्ता महत

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः प्रवक्ता महत

कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छः प्रवक्ता महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In