• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा (मकवानपुर), १६ चैत : मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्र्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् । यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् ।

यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ । राम्रो लाउने, मीठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि तीन वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहनुभएको छ । उहाँलाई सानैदेखि नृत्यमा असाध्य रूचि थियो । तर १६ वर्र्ष नपुग्दै भागी विवाह गरेपछि उहाँको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो ।

निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो । रञ्जिता भन्नुहुन्छ, “विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रूचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि ।” विवाहको केही दिन त उहाँलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो । तर विद्यालय जान नपाउँदा भने अकास खसेजस्तो भएको उहाँ सम्झनुहुन्छ । रञ्जिता थप्नुहुन्छ, “जब सासूआमाले भन्नुभयो, “अब तिमीले घर सम्हाल्नुपर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो ।”

उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने नलागेको बताउँदै भन्नुहुन्छ, “घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धी आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु ।” घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उहाँ सम्झनुहुन्छ । खेतबारी र वनजङ्गल उहाँको विद्यालय, अनि घरधन्दा र परिवारको हेरचाह उहाँको नृत्य कक्षा बनिसकेको थियो ।

विवाह गरेको केही महिनामा नै गर्भ बस्यो । गर्भवती भए पनि करिब डेढ घण्टाको बाटो ओरालो झरेर डोकोमा दुईवटा गाग्रीमा पानी ल्याउनैपर्ने उहाँको बाध्यता थियो । हाल गाउँमा पानीको व्यवस्था भए पनि दुई वर्र्ष अगाडिसम्म उक्त गाउँका सबै महिलाको बिहानी पानी बोकेर उकालो लागेसँगै सुरू हुन्थ्यो । डाँडामा घर अनि बेँसीमा पानीको मुहान, खेतबारीको काम र वनमा घाँसदाउरा यो नै रञ्जिताको दैनिकी बन्न पुग्यो । विस्तारै उहाँलाई अब पढाइ र सपनाका बारेमा भुल्ने बानी पर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँलाई अब आफ्नोभन्दा पनि पेटमा हुर्किरहेको बच्चाको चिन्ता लाग्न थालेको सम्झनुहुन्छ । बच्चा जन्मिएपछि केही समय आराम गरेर उहाँको जीवन फेरि उही पुरानै दैनिकीमा फर्किएको उहाँले बताउनुभयो ।

श्रीमान्को उमेर पनि रञ्जितासँगैको भएकाले उहाँको पनि कमाई नभएका कारण पैसाको समस्या हुन थालेको रञ्जिताले बताउनुभयो । पढाइ पूरा नभएको र गाउँमा काम नपाउने भएकाले विदेश जानैपर्ने बाध्यता आइप¥यो । अब उहाँलाई आफ्नोभन्दा पनि छोराको पढाइको चिन्ता लाग्न थाल्यो । छोरालाई राम्रोसँग पढाउनका लागि श्रीमान् विदेश जानुभएको उहाँको भनाइ छ ।

यतिबेला रञ्जिताको काखमा तीन वर्र्षको छोरा छ । उहाँ आफ्नो छोरा, सासूससुराको स्याहारसँगै खेतीपाती गर्न व्यस्त हुनुहुन्छ भने उहाँका श्रीमान् दुबई जानुभएको छ, त्यो पनि गाउँमा रु पाँच लाख ऋण गरेर । श्रीमान् पनि अहिले २० वर्र्षको मात्र हुनुहुन्छ । उहाँको काँधमा परिवार पाल्ने र ऋण तिर्नुपर्ने बाध्यता छ । सोह्र वर्र्षमा विवाह, १७ वर्र्षमा बच्चा र २० वर्र्षमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यताले उहाँलाई पनि समस्या भएको रञ्जिताको भनाइ छ ।

बिहानै उठेर घरधन्दा गरिसकेपछि वनमा घाँस काट्न जानुहुन्छ । त्यसपछि अरूको खेतबारीमा पर्म गर्न गएर आफ्नो खेतालाको जोहो गर्ने जिम्मेवारी पनि रञ्जिताले पूरा गरिरहनुभएको छ । मुख्य खेतीका रूपमा मकै फलाउने उहाँका परिवारको मुख्य खाना पनि मकैको ढिँडो नै हो । रञ्जितामात्र होइन यहाँ सानै उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या निकै छ । सबैको दैनिकी पनि रञ्जिाको जस्तै छ ।

किशोरी आमाको तथ्याङ्क

जनस्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कानुसार मकवानपुरमा चालु आर्थिक वर्षमा मात्र २० वर्षमुनिका चार सय ३२ किशोरी आमा बनेका छन् । सोही अवधिमा जिल्लाभर तीन हजार ८४२ जना सुत्केरी भएका थिए । यसमा घरमै सुत्केरी हुनेको सङ्ख्या एक सय १३ रहेको छ । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार, तीमध्ये २० वर्षमुनिका ४४ जना र २० वर्षभन्दा माथिका ९९ जनाले अस्पताल नगई घरमै सुत्केरी भएका थिए ।

उहाँका अनुसार अहिले पनि किशोरी सुत्केरी हुने स्थितिमा उल्लेख्य सुधार आएको देखिँदैन भने चालु आवको चैतसम्मको तथ्याङ्क हेर्दा पनि अवस्था उस्तै देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा जम्मा पाँच हजार १७२ महिला सुत्केरी भएकामा जसमध्ये पाँच सय २९ (१० दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए । तीमध्ये एक सय ६६ जनाले अस्पतालको सट्टा घरमै सुत्केरी गराएका थिए । त्यसैगरी, आव २०८०/८१ मा कुल चार हजार ४३० सुत्केरीमध्ये चार सय ९१ जना (११ दशमलव १ प्रतिशत) किशोरी रहेका थिए भने एक सय २८ जनाले अझै पनि घरमै सुत्केरी गराएका थिए । चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा पनि उस्तै अवस्था देखिन्छ । कुल तीन हजार ८४२ सुत्केरीमध्ये चार सय ३२ जना (११ दशमलव २ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् । यसले किशोर उमेरमै आमा बन्ने दरमा सुधारका सट्टा स्थायित्वमा झनै वृद्धि देखिएको सङ्केत गर्छ ।

पालिकाअनुसार किशोरी आमाको तथ्याङ्क

पालिकाअनुसार हेर्दा चालु आवमा जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर चुनौतीका रूपमा कायम देखिन्छ । जनस्वास्थ्य कार्यालयका अनुसार मनहरी गाउँपालिकामा एक सय ८९ सुत्केरीमध्ये ३१ किशोरी (२० वर्षमुनिका) थिए, जबकि मकवानपुरगढी गाउँपालिकामा ९१ सुत्केरीमध्ये २२ जना किशोरी आमा बनेका थिए । त्यस्तै, बकैया गाउँपालिकामा एक सय ८१ सुत्केरीमध्ये ३० जना किशोरीहरू थिए भने हेटौँडा उपमहानगरपालिकाजस्तो सहरी क्षेत्रमा दुई हजार ५४४ सुत्केरीमध्ये दुई सय एक जना किशोरी आमा बनेका छन् ।

अन्य पालिकातर्फ हेर्दा, कैलाश गाउँपालिकामा दुई सय १६ सुत्केरीमध्ये ३८ जना, थाहा नगरपालिकामा दुई सय तीन सुत्केरीमध्ये २५ जना र बागमती गाउँपालिकामा एक सय ९६ सुत्केरीमध्ये ४५ जना किशोरी गर्भवती भई आमा बनेका थिए । यी तथ्याङ्कहरूले स्पष्ट सङ्केत के गर्छ भने जिल्लाभर किशोरी गर्भावस्था र बालविवाहको दर अझै पनि चिन्ताजनक नै छ ।

जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर समस्या बनिरहेको कुराको पुष्टि जिल्ला सहकारी अस्पताल हेटौँडा अस्पतालको तथ्याङ्कले पनि गर्छ । पछिल्ला तीन आव र चालु आवको सुत्केरी विवरणले किशोरी अवस्थामा आमा बन्ने प्रवृत्ति लगातार कायम रहेको देखाएको छ ।

आव २०७८÷७९ मा अस्पतालमा कुल तीन हजार ३६० सुत्केरीमध्ये दुई सय ५५ जना अर्थात् ७ दशमलव ६ प्रतिशत किशोरी आमा बनेका थिए । त्यसैगरी, २०७९÷८० मा तीन हजार ८९६ सुत्केरीमध्ये दुई सय ७६ जना किशोरी थिए, जुन ७ दशमलव १ प्रतिशत हो । आव २०८०÷८१ मा भने दुई हजार हजार ९५३ सुत्केरीमध्ये दुई सय १८ जना अर्थात् ७ दशमलव ४ प्रतिशत किशोरी आमा बनेका थिए । चालु आवको साउनदेखि चैतसम्मको अवधिमा दुई हजार ४७१ सुत्केरीमध्ये एक सय ८१ जना किशोरीले सुत्केरी सेवा लिएका छन्, जुन ७ दशमलव ३ प्रतिशत हो ।

चालु वर्षमा कुनै पनि महिनामा किशोरी सुत्केरीको सङ्ख्या शून्यमा झरेको छैन । साउनमा २६, भदौमा १९, असोजमा १८, कात्तिकमा २३, मङ्सिरमा २२, पुसमा २१, माघमा १९, फागुनमा १७ र चैतमा २२ जना किशोरीले सुत्केरी सेवा लिएका छन् । यो समस्या केवल ग्रामीण वा आर्थिक रूपले कमजोर समुदायमामात्र सीमित नभई सहरी र स्वास्थ्य सेवा पहुँचमा भएका क्षेत्रमा पनि किशोरी गर्भावस्था निरन्तर देखिएको छ ।

बागमती प्रदेशको विवाहित जोडीको तथ्याङ्क हेर्ने होभने पनि ५० दशमलव ५१ प्रतिशत बालविवाह रहेको छ । सबैभन्दा धेरै बालविवाह नुवाकोटमा ६२ दशमलव छ प्रतिशत छभने काठमाडौँमा सबैभन्दा न्यून २९ दशमलव दुई प्रतिशत रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ । बागमती प्रदेशमा सबैभन्दा धेरै बालविवाह हुने गाउँपालिकामा मकवानपुरको राक्सिराङ गाउँपालिका रहेको जहाँ १० वर्षमुनिका बालबालिको विवाह एक दशमलव ०९ प्रतिशत, १० देखि १४ वर्र्षसम्मको आठ दशमलव ०७ प्रतिशत, १५ देखि १९ वर्षसम्मको ४१ दशमलव ३५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Previous Post

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

Next Post

बजेटमा समेटिएका गण्डकीका योजना

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

बजेटमा समेटिएका गण्डकीका योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In