• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देलान् त गृहमन्त्री लेखकले राजीनामा ?

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
देलान् त गृहमन्त्री लेखकले राजीनामा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु –गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रतिपक्षी दलका नेताहरूले गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गर्दै आएकाबेला आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि उनले राजीनामा दिनपर्ने मत बढ्दै गएको छ । पार्टीभित्र लेखकले राजीनामा दिने वा नदिनेबारे फक मत देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसासम्बन्धी घटनाका सन्दर्भमा उठेको प्रश्नले अहिले मन्त्री लेखक विवादमा तानिएका हुन् । भिजिट भिसामा विभिन्न मुलुक पठाउन दैनिक ५० लाख रुपैयाँसम्म उठाएको घटनाले राजनीतिक बजार पनि निकै तातेको छ ।

भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा हानेर प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएपछि प्रश्न गृहमन्त्री लेखकमाथि तेर्सिएको छ । यस विषयमा अख्तियारले अनुसन्धान सुरु गरिसकेको छ ।

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम पनि मुछिएपछि कांग्रेसका कतिपय नेताहरूले उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् भने कतिपय नेताहरूले मन्त्री लेखकको बचाउ गरेका छन् ।

कांग्रेसमा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूह भने लेखकमाथि आरोप लागेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ । लेखक कांग्रेसमा संस्थापन पक्षीय नेता हुन् ।

नेता कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने उनले सुझाव दिएका हुन् ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने बताए ।

कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि भ्रष्टाचार आरोप लागेका पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई आइतबार पत्र लेख्दै बजगाईले पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई हटाउन माग गरेका हुन् ।

उनले कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री लेखक र पर्यटनमन्त्री बद्री पाण्डेको नाम नै तोकेर कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

सिटौलाले गरे बचाउ

कोइरालाले मन्त्री लेखकलाई राजीनामा दिन सुझाएको भोलि पल्ट आइतबार संस्थापन पक्षीय नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरे ।

विराटनगरमा आइतबार बिहान पत्रकारहरूसँग कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतासमेत रहेका सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पनि गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको भनिएको मानव तस्करी प्रकरणमा जोडिएको भन्दै किरातीले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् । उता राष्टिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारण सार्वजनिक गरेको छ ।

तर, गृहमन्त्री लेखकले भने आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने प्रतिक्रिया दिएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरूले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको उनको भनाइ छ । उनले १३ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा विस्तृत धारणा राख्न समय माग गरेको पनि बताएका छन् ।

Previous Post

देशका यी भागमा आज वर्षाको सम्भावना

Next Post

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In