• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा, ९ जेठः पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।

धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेकोे छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रुपमा परिचित हुन थालेको रामनदीधाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बाग्लुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिकस्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ ।

कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रुपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रुपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ । स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदीधाममा  २०१५ सालबाट नियमित घाटका रुपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको सङ्ख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको सङ्ख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ ।

शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएकोे र  कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

रामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गर्नुभयो ।

विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले  सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ ।

नगरप्रमुख भट्टराईले रामनदीधाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताउनुभयो ।

रामनदीघाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ ।
–––

Previous Post

सिद्धान्त र साराको ब्रेकअप !

Next Post

बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए

बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In