• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड: सगरमाथा संवादमा विशिष्ट वक्ताहरूको धारणा

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड: सगरमाथा संवादमा विशिष्ट वक्ताहरूको धारणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहमा विशिष्ट वक्ताहरूले जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरूले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभई भविष्य नै खतरामा पार्दै गएको बताएकी छिन्। संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले भने, “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिङ्गो मानवतालाई नै सङ्कटमा पार्दै गएको छ।” उनले सो विश्वव्यापी सङ्कटसँग जुध्नका लागि कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको बताए। यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको उल्लेख गर्दै मन्त्री डा. राणाले ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित भएको बताए।

उनले संवादले प्रतिविम्ब र आत्मनिरीक्षणका लागि अवसर प्रदान गर्ने भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए। उनले नेपालले भने यसको सङ्कट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेको दृष्टान्त पेस गर्दै जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

यसैगरी चीनको जनकांग्रेस थाई कमिटीका उपाध्यक्ष सिआओ चीले जलवायु परिवर्तन न्यूनीकरणका लागि चीनले जिम्मेवार ठूला राष्ट्रका रूपमा आफ्नो भूमिका जारी राख्ने बताए। उनले दिगो भविष्य निर्माणका लागि चीन सहकार्य गर्न तयार रहेको र आफ्नो जलवायु कार्यहरूमा गति घटाउने छैन, अन्तरराष्ट्रिय सहकार्यप्रतिको समर्थन कम गर्ने छैन र पृथ्वीमा सबै जीवनको समुदाय निर्माण गर्ने प्रयासहरू रोक्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरे।

भारतको वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले पर्वतीय मुलुक र ती मुलुकका बासिन्दाहरूलाई भविष्यमा जटिल वातावरणीय समस्या उत्पन्न हुनसक्ने भन्दै पर्वतीय मुलुकहरू एकै ठाउँमा उभिएर जलवायुजन्य सङ्कट समाधानका लागि संयुक्त कार्य गर्नुपर्नेमा जोड दिए। उनले बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले जलवायु वित्त, प्रविधि स्थानान्तरण र क्षमता विकासप्रति तिनीहरूको प्रतिबद्धता गम्भीर रूपमा बेवास्ता गरेको, जसले गर्दा जलवायु सङ्कट अझ चर्किएको र यसका लागि उनीहरूको जिम्मेवारी तुलनात्मक रूपमा बढी हुनुपर्ने बताए।

जलवायु मुद्दामा अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनको न्यायका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताए। उनले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि सार्वजनिक रकम परिचालन गर्नुपर्ने र विभिन्न धनी तथा विकसित राष्ट्रहरूले सन् २०३५ सम्म वार्षिक १ दशमलव ३ ट्रिलियन डलर जुटाउने स्पष्ट खाका प्रस्तुत गरिसकेको बताए।

समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संवादलाई सम्बोधन गरेको भिडियो प्रस्तुत गरिएको थियो। उक्त भिडियो सन्देशमार्फत उनले विश्वव्यापी बढ्दो तापक्रमले हिमाल पग्लने क्रम तीव्र गतिमा बढेको र त्यस क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई नकारात्मक असर परेको उल्लेख गरे। उनले आफ्नो नेपाल भ्रमणका क्रममा सो कुराहरू अनुभव गरेको बताएका थिए।

“विश्वले नेपालको जलवायु नेतृत्वबाट धेरै कुरा सिक्नुपर्छ। स्थानीय अनुकूलन योजनादेखि लिएर, संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक चेतावनी प्रणालीमा सबै पहलमा अग्रसरता, पुनःवनरोपणमा असाधारण प्रयास र २०४५ सम्ममा आफ्नो जलवायु लक्ष्य प्राप्त गर्न अघि बढ्नुसम्मका राम्रा कुराहरू विश्वले सिक्नुपर्छ,” उनले भने।

Previous Post

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

Next Post

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : अध्यक्ष दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : अध्यक्ष दाहाल

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : अध्यक्ष दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In