• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वप्रकाश भन्छन्- सगरमाथा चढ्न पाउने मापदण्डमा पर्छु, तर अहिले चढ्ने योजना छैन

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
विश्वप्रकाश भन्छन्- सगरमाथा चढ्न पाउने मापदण्डमा पर्छु, तर अहिले चढ्ने योजना छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मापदण्डमा परे पनि यसै सिजनमा आरोहण गर्ने पर्याप्त योग्यता र तयारी नपुगेको बताएका छन् ।

पर्यटन विभागबाट आरोहण अनुमति लिएको समाचार सार्वजनिक भएपछि शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो योजना र हालको अवस्थाबारे जानकारी गराएका हुन्।

शर्माले आफू यसपटक सगरमाथा आधार शिविर (बेसक्याम्प) सम्म पुग्ने ‘सेमिफाइनल’ लक्ष्य लिएर काठमाडौंबाट हिँडेको र सो लक्ष्य पूरा भइसकेको बताएका छन् ।

हाल उनी आधार शिविरमा आरोहणका लागि प्रशिक्षण लिइरहेको उल्लेख गर्दै यस सिजनमा सगरमाथा चढ्न तयारी नपुग्ने बताएका छन् ।

उनले भनेका छन्-

१) यसपालि सेमिफाइनलसम्म । अर्थात सगरमाथा बेसक्याम्प सम्म, भनेरै हिँडेको थिएँ काठमाडौबाट । त्यो म पुगिसकें, सेमिफाइनल पूरा भएको छ ।

२) अहिले म `फाइनल´ अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु । ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ । त्यसैले अहिल्यै / आजै चढ्न लागे कि भन्ने लागेर कसैले लेख्नु अन्यथा पनि होइन ।

३) तर सगरमाथा आरोहण गर्न सोही अनुरुपको जरुरी प्रशिक्षण र समय चाहिन्छ । सामान्यतया आरोहीलाई ४२ दिनको प्याकेज बनाउने गरिन्छ र प्राय मे महिनाको 29 तारिख ( जेठ १५/१६ तिर) अर्थात `सगरमाथा दिवस´ का दिन आरोहण प्राय क्लोज गरिन्छ । यद्यपि शिखर नजिक पुगेकाहरुले त्यसको केहिदिनसम्म पनि आरोहण गर्न पाउँछन् नै ।

४) म भर्खर केहिदिन यता मात्र बेसक्याम्प पुगेको हुँदा, न समय पर्याप्त पुगेको छ, न म सँग सगरमाथा आरोहणका लागि जरुरी प्रशिक्षण छ । तर प्रशिक्षण लिँदै चाहिँ छु । आखिर यो प्रशिक्षण फाइनल भिड्नै परेका बेला त काम लाग्छ नै । अथवा लोबुचे हिमाल भन्दा थोरै माथी पुग्न पनि त यो प्रशिक्षणले सघाउला । हो, त्यति चैं हुनसक्छ ।

अहिलेलाई यत्तिमात्र भनौं- सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न । इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ, अहिलेनै म सँग त्यसका लागि पर्याप्त योग्यता छैन ।

Previous Post

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In