• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्।

केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए।

अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।

गीताले सामाजिक सञ्जालमार्फ भनेकी छन्, ‘म पनि सुम्रिम सहकारी बचतकर्ता हो। उजुरीकर्ताको सूचीमा मेरो पनि नाम आउँदा म आश्चार्यचकित भएकी छु। मैले अलिकति दैनिक बचत गरेकी थिएँ, त्यसैले आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर निवेदन दिएको हो। तर यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको होइन। कसैको नाम नै दिएर हालेको पनि होइन र मलाई कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन। तर उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु।’

एकपछि अर्का जाहेरीकर्ताको यस्तो बयान सार्वजनिक हुन थालेपछि सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चलिरहेका मुद्दामाथि नै गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको बताइरहँदा सहकारीबाट पीडितहरूले नै आफ्नो उजुरी र नामको दुरुपयोग भइरहेको बताइरहँदा रास्वपाको आरोपमा बल पुगिरहेको जानकारहरू बताउँछन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेको थिएन। तर, प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी लिएको थियो। पुरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम सार्वजनिक गरेको थियो।

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए। अहिले उनको सरुवा भइसकेको छ। उनको ठाउँमा डीएसपी इन्द्रबहादुर राना आएका छन्।

बुटवल प्रहरीले एक/दुई जना जाहेरीकर्ताले फिर्ता लिँदैमा मुद्दा प्रभावित नहुने बताएको छ। यद्यपि यस्तो अवस्था आउनुको कारणबारे अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ।

Previous Post

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

Next Post

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In