• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलवायु संकट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
जलवायु संकट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको बताएका छन् ।

मन्त्री शाहीले नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने उल्लेख गरे। सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ। आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ।

संवादको तयारी सम्बन्धमा कुरा गर्दै मन्त्री शाहीले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । यस वर्ष आयोजना हुने संवादको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वत र मानव भविष्य’ रहेको छ । उनले भने, ‘संवादमा छिमेकी मित्र राष्ट्रहरुलगायत कोप–२९ का अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेका छौँ र अधिकांश आउने विदेशी पाहुनाहरूको निश्चित पनि भइसकेको छ ।’ यस कार्यक्रममा धेरै देशका मन्त्री, नेता, नीति निर्माता, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञहरूका साथै वन वातावरणमा ख्यातिप्राप्त ३५ भन्दा बढी राष्ट्रका विदेशी पाहुनाको सहभागिता रहने उनले अपेक्षा व्यक्त गरे ।

संवादमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब तीन सय बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । यस कार्यक्रममा पहिलो दिनको साँझ विदेशी पाहुनाहरूका लागि प्रधानमन्त्रीको समुपस्थितिमा गाला डिनर कार्यक्रमको तयारी गरिएको छ । उनले संवादको अवधिमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक प्लेनरी छलफल हुने र विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही ‘साइड इभेन्ट’ हरू पनि हुने जानकारी गराए । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ ।

संवादमा हिमालदेखि समुद्रसम्मका विषय उठान हुने
संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् । संवादमा खासगरी हिमालदेखि समुद्रसम्म परिरहेका असरहरू दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिने मन्त्री शाहीले बताए ।

‘संवादको तेस्रो दिन काठमाडौँ घोषणा हुने छ । हामीले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने प्रयास गर्नेछौँ’, उनले भने, ‘हामीले आउँदो बजेटबाटै हिमाली क्षेत्रमा रहेका पालिकाहरूमा परिरहेको संकटलाई मध्यनजर गरेर केही बजेट विनियोजनका लागि पहल लिने छौँ ।’ साथै यस मञ्चबाट निस्केका निचोड र विषय अन्तरराष्ट्रिय मञ्चहरू जस्तै कोप, संयुक्त राष्ट्रसंघको साधारणसभा समेतमा मुखरित गर्ने उनको भनाइ थियोे ।

उक्त घोषणामा टेकेर कतिपय जलवायु कोष, हरित कोष, हानि तथा नोक्सानी कोषहरूमा पहुँच वृद्धि गर्नेलगायत काम गर्ने मन्त्री शाहीले उल्लेख गरे । त्यस्तै नेपालले विश्व रूपमा स्थापित जलवायु कोषहरु विश्व जलवायु कोष, अनुकूलन कोष, हानिनोक्सानीको क्षतिपूर्ति कोष, विश्व वातावरण कोष, जलवायु लगानी कोषमा पुहँच प्रस्ताव गरिने छ ।

हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहेको उल्लेख गर्दै मन्त्री शाहीले भने, ‘हामी जलवायु परिवर्तनको कारक होइनौँ । विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा हाम्रो भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेका छौँ । बढ्दो जलवायु परिवर्तन, वायु प्रदूषणलगायतका विश्वव्यापी संकटले हाम्रो जस्तो अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त छन् ।’

विश्वमा विकसित राष्ट्रहरु जहाँ ठूलाठूला उद्योगधन्दा, कलकारखाना रहेका छन्, यातायात, खानीहरू अत्यधिक छन्, त्यहाँ जैविक इन्धन, ग्यास तथा कोइलाको दोहन अत्यधिक छ । जसले गर्दा हरित गृह ग्यास उत्सर्जन बढ्दो गतिमा छ । पृथ्वीको तापक्रम बढ्दै छभने जलवायु परिवर्तन निरन्तर असामान्य हुँदै गइरहेको छ । अझ हिमाली क्षेत्रमा विश्व तापमान वृद्धिको असर बढी परेको उनले बताए ।

‘नेपाललाई त नखाएको विष लागेजस्तो भएको छ । खासगरी जलवायु परिवर्तनका असरबाट हिमाली क्षेत्र बढी प्रभावित भइरहेको छ । केही दशक अगाडिसम्म सेताम्य रहने हिमाल हाल कालापहाड बन्ने खतरा बढेको छ’, उनले भने, ‘हिमालमा हिउँ पग्लिने क्रम बढ्दै जाने हो भने हिमताल फुट्दै जाने देखिन्छ । हामीले गत वर्ष सोलुखुम्बुस्थित थामेको उदाहरण लिन सक्छौँ । जहाँ एउटा हिमताल फुट्दा पूरै गाउँको अस्तित्व मेटिने डरलाग्दो अवस्था बनेको छ ।’

गत वर्ष नै कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा हालसम्मको अधिक वर्षा भएको रेकर्ड गरिएको थियो । त्यस्तै गत असोजको दोस्रो साता काठमाडाै‌ र आसपासका क्षेत्रमा समेत अत्यधिक वर्षा भएको तथा त्यसले ठूलो जनधनको नोक्सानी व्यहोर्नुपरेको थियो । यी विपद् र अस्वाभाविक मौसमी उदाहरणले आउने भविष्यको खतराप्रति इशारा गरेको बताउँदै उनले जलवायुको खतराको घण्टी बजिसकेको भन्दै चिन्ता व्यक्त गरे । नेपालको आफ्नै स्रोत साधनले मात्र ठूलाठूला विपद्का घटना, बाढीपहिरो, मरुभूमिकरण, हिमताल फुटने, भूक्षय, पानीका स्रोत सुक्ने, कतिपय ठाउँमा त बसाइँसराइ पनि हुने जस्ता विषय सम्बोधन गर्न गाह्रो छ ।

जलवायु संकट समाधानका लागि नीतिगत पहल
मन्त्री शाहीले मन्त्रालयले लामो समयदेखि रोकिएका नीति, कानुन निर्माण, तथा अन्तर्राष्ट्रिय जलवायु पैरवीमार्फत मन्त्रालयले गत वर्षमा थुप्रै नीतिगत सुधार र विकासका दिशामा उल्लेखनीय प्रगति गरेको बताए । सरकारले तयार गरिरहेको राष्ट्रिय निर्धारण योगदान (एनडिसी) तेस्रोलाई वातावरणमैत्री बनाउँदै विश्वकै उदाहरणीय तथा अनुकरणीय दस्तावेज बनाउने प्रयास भइरहेको मन्त्री शाहीले जानकारी गराए।

यसको तयारीका क्रममा विकास साझेदार संस्थाहरूसँग सहकार्य गरी सात वटै प्रदेशमा छलफल र सुझाव संकलन गरिएको छ । झण्डै एक हजारभन्दा बढी विज्ञ तथा सरोकारवालाको प्रत्यक्ष सहभागिता रहेको छ र, उनीहरूको चासो र विचार समेटिएको छभने मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको एनडिसी तेस्रोको मस्यौदामा प्राप्त सुझावहरू पनि समावेश गरी थप परिष्कृत गरिने उनको भनाइ छ । नेपालले सञ्चित गरेको कार्बनलाई अन्तरराष्ट्रिय र स्थानीय समुदायमा बिक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यले कार्बन नियमावली, २०८२ को मस्यौदा तयार पारिएको उनले जानकारी गराए। साथै नेपालको कार्बन उत्सर्जनलगायतका विषय समेटिएको दुईवर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

Previous Post

सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In