• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

metakhabar by metakhabar
२७ बैशाख २०८२,
0
थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २७ वैशाख : शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन् ।

छ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आउनुभएको छ । चार वर्ष मलेसियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट रु सात लाख बढी आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्केर चौधरीले चार कठ्ठा जग्गा खरिद गरेका थिए ।

सोही जग्गामा उहाँले बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएको छ । “थोरै जग्गा थियो”, उहाँले भन्नुभयो, “सात जनाको परिवारको खर्च चलाउन चुनौती पूर्ण थियो, स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै रहेकामा घर फर्केर चार कठ्ठा जग्गा थपे ।”

घरका लागि मात्रै थोरै मात्रै तरकारी खेती गरिँदै आएको थियो । तरकारी खेती गर्ने तौरतरिका भए पनि आर्थिक अभाव थियो । वैदेशिक रोजगारीबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुने चौधरीले निर्णय गर्नुभएको थियो ।

तरकारी खेतीमा परिवारका सदस्यले साथ दिने बचन दिएपछि त्यसमै होमिएको उहाँ बताउनुहुन्छ । पहिलो वर्ष नै तरकारी खेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । गत हिउँदमा मात्रै चौधरीले काउलीबाट मात्रै रु ८० हजार र लहरेबालीबाट रु ६० हजार आम्दानी गरेका छन् ।

वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातका बेला लौका, काँक्रा, फर्सि र हिउँदका बेला काउली, गाोलभेडा, खुर्सानीको खेती चौधरीले गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी लिने गरेका छन् ।

परिवारका सात जनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिँदै आएको चौधरी बताउनुहुन्छ । चौधरीले वैदेशिक रोजगारीबाट फर्केर किनेको चार कठ्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको छ कठ्ठा जग्गा गरी १० कठ्ठा जग्गा रहेको छ । चार कठ्ठा जग्गामा बाहै्र महिना तरकारी खेती हुने गरेको छ भने छ कठ्ठा जग्गामा गहुँ, धानलगायत खेती हुने गरेको छ । तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुरयाउनका लागि पुरै परिवार खटिने गरेको छ । मोटरसाइकलमा तरकारी राखेर चौधरीले महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आउनुभएको छ ।

“वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो”, उहाँले भन्नुभयो, “व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्‍यो, त्यति नै प्रतिफल हासिल हुन्छ । टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमै जति कमाइ भए यसमै सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन”, उहाँले भन्नुभयो ।

थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरी सकेको छ । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्ने गर्नुहुन्छ ।

“थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रुपमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्नुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँको कार्यलाई अरू किसानले अनुसरण गरेर कार्य गर्न सक्नुपर्छ ।”

पिपलाडीलाई नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित रहेको छ । यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् ।

Previous Post

बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा

Next Post

मौसमसँगै रंग बदल्ने अचम्मको नदी

metakhabar

metakhabar

सम्बन्धित खबर

३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
Load More
Next Post
मौसमसँगै रंग बदल्ने अचम्मको नदी

मौसमसँगै रंग बदल्ने अचम्मको नदी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In