• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २२ वैशाखः कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन ।

उहाँले नौ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । उहाँ जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरुले पैसाका लागि श्रीमान्को मुख ताक्नु परेको छैन ।

घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन् । घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उहाँ बताउनुहुन्छ ।

थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घाँेगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ ।

“घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ”, चौधरीले भन्नुभयो, “कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै ।” औसतमा मासिकरु ३० हजारदेखि रु ३५ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।

पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ ।

“घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ,” उहाँले भन्नुभयो, “पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौँ ।” उहाँका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन् । त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ । नृत्य देखाए बापत् रु एक हजार ५०० देखि रु तीन हजारसम्म शुल्क लिने गरिएको छ ।

उनीहरुले प्राङ्गारीक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बङ्गुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन् । तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बङ्गुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताउनुभयो ।

घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ । वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ, भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ ।

घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताउनुभयो । धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् ।

घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन् । घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन् ।

सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका विरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन  छुटाउँदैनन् । विसं २०७३ मा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।

घरबास सञ्चालन गर्नु अघि ती महिलाहरु श्रीमान्सँगै मजदुरी गरी जीविका चलाउँथे । घरबास सञ्चालनमा ल्याएपछि मजदुरी गर्नु नपरेको स्थानीय लीला चौधरी बताउनुहुन्छ ।

“मजदुरी गरेर आउने रकमले परिवारको खर्च चलाउन धौ धौ हुन्थ्यो”, उहाँले विगत सम्झँदै भन्नुभयो, “घरबास सञ्चालनमा आएपछि ती दुःखका दिनको अन्त्य भएको छ, पैसाका लागि अरुसँग हात थाप्नु परेको छैन ।”

घरबासबाट आएको आम्दानीको केही रकम महिलाले गाउँकै सहकारीमा बचत गर्ने गरेका छन् । प्रचार प्रसारमा जोड दिन सके घरबासमा धेरै पाहुना भित्र्याउन सकिने सो वडाका वडा अध्यक्ष अर्जुन साउद बताउनहुन्छ । प्रचार प्रचारसँगै मौलिकतालाई निर्खान थप काम अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

Previous Post

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

Next Post

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेपको भर्त्सना, वार्ताबाट समाधान खोज्न आग्रह

सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In