• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेरीगङ्गा (सुर्खेत) : सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर ।

आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ । प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भीम बहादुरलाई वीरेन्द्रनगर र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो ।

“लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ”, ६१ वर्षीय खत्रीले भन्नुभयो, “गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ । यस्ता स्वास्थ्य शिविर नियमित रुपमा गाउँमा सञ्चालन हुनुपर्छ ।”

भीमबहादुर मात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएपछि स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, गाउँमै जाँच गर्न पाएपछि खुसी छु,”

वडा नम्बर ८ कै पूर्णकला ओलीलाई पेटसम्बन्धीको समस्याले पिरोलिरहन्छ । एकदिने विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उहाँलाई गाउँमै विकास आएको महसुस भएको छ ।

“म पेटको बिरामी छु, उपचार गर्न नेपालगञ्ज जानुपथ्र्यो । तर यो पटक गाउँमै उपचार पाइएको छ ।” शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरिएको छ । विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा पाएका छन् ।

सिम्ता–८ मा पहिलोपटक गरिएको सात विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन् । वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगका समस्याबारे सेवा प्रदान गरिएको छ । शिविरमा वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा नम्रता भट्टराई र वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कृतिका थापाले सेवा दिनुभयो ।

मेडिकल अधिकृत डा दिलीपकुमार शाह र डा अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा कैलास सिराले बिरामीलाई सेवा दिनुभएको थियो । घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मी बताउनुहुन्छ । शिविरमा सिम्ता गाउँपालिका–८ लगायत आसपास वडाका बिरामीको उपचार गरिएको छ ।

सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाई उपचारको पहुँचमा पुर्याइने अध्यक्ष चन्दले बताउनुभयो । शिविरमा विभिन्न रोगका दुई सय २५ महिला र ७५ पुरुषले सेवा लिएका छन् । शिविरमा बिरामीलाई उपचारसँगै आवश्यक परामर्श र औषधि समेत वितरण गरिएको थियो ।

Previous Post

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

Next Post

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In