• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ) : यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् ।

कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेको थियो । गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा चार टोलीबाट ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो ।

जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरे नाचबारे प्रशिक्षण दिइएको उहाँको भनाइ छ । अध्यक्ष कुमालले भन्नुभयो, “कुमाल समुदायको यो संस्कृति लोप हुन नदिने हाम्रो मुख्य उद्देश्य हो । त्यसैले नयाँ पुस्तालाई पाउदुरेमा आकर्षित गर्न प्रशिक्षण सञ्चालन दिएका हौँ ।”

पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृति भए भए पनि पछिल्लो समय अधिकांश लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको अध्यक्ष कुमालले बताउनुभयो ।

पाउदुरे नाच यहाँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नाच्ने गरिन्छ । यस नाचको छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव नहुने जानकारहरू बताउछन् । अध्यक्ष कुमाल भन्नुहुन्छ, “यो नाचका विभिन्न चरण हुने गर्छन् । गीतको मिठास महशुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर नाच नचाइने गरिन्छ ।”

रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मका गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णबारे गाइन्छ । गीतको शैली फरक फरक भए पनि भाव एउटै हुन्छ ।

प्रशिक्षण समापन कार्यक्रममा व्यास नगर उपप्रमुख इन्दिरा दरैले संस्कार र संस्कृति बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको कला, संस्कृति, रितीरिवाज संरक्षणमा प्रतिबद्ध छौँ ।”

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका तथा म्याग्दे र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास रहेको छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार सात सय २७ रहेको कुमाल समाज तनहुँले जनाएको छ ।

Previous Post

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छः अभिनेता विपिन कार्की

Next Post

पोखरा कस्तो बनाउने भनेर सुझाव माग्दै कास्की कांग्रेस

metakhabar

metakhabar

सम्बन्धित खबर

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
Load More
Next Post
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

पोखरा कस्तो बनाउने भनेर सुझाव माग्दै कास्की कांग्रेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In