• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ) । दाङका महिलाहरू समूहमा आबद्ध भएर सामूहिक कृषि तथा पशुपालन गरी आर्थिक समृद्धि खोजिरहेका छन्। घोराही उपमहानगरपालिका–८ कटुकीकी वसन्ती चौधरी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन्। समूहका २० जना मिलेर सामूहिक खेती गरिरहेको उनले बताइन्। नौ कट्ठा जग्गा भाडामा लिएर आलु र प्याज खेती गरेको र उत्पादन राम्रो भएको उनको अनुभव छ। कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको र २० जनालाई जनही २० हजार रुपैयाँ बीउपुँजी सहयोग गरेको उनले जानकारी दिइन्। समूहमा आबद्ध भएपछि सरकारी कार्यक्रमबारे जानकारी पाउनुका साथै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन १० लाख रुपैयाँ बजेट सहयोग गरेको उनले बताइन्।

सोही समूहकी अध्यक्ष देउकुमारी चौधरीले वित्तीय साक्षरता तालिम लिएर बचत, लगानी, ऋण व्यवस्थापन र आम्दानी खर्चको योजना बनाउन सिकेको बताइन्। सामूहिक काम छिटो र सजिलो हुने तथा खेताला लगाउन नपर्ने उनको अनुभव छ।

घोराही–१२ की नन्दा योगीले मौरीपालन तालिम लिएर यो व्यवसाय सुरु गरेकी छन्। मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियो। अहिले उनीसँग १० घार मौरी छन् र गत वर्ष ८६ किलो मह बिक्री गरी राम्रो आम्दानी गरिन्। गाईबस्तु पालेको भन्दा सजिलो भएकाले यो काम उनलाई राम्रो लागेको छ। तालिमले क्षमता विकास र वित्तीय साक्षरतामा पनि सहयोग पुगेको उनले बताइन्।

तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी पूर्वकमलरी उर्मिला चौधरी प्रगति पशुपालन महिला समूहको अध्यक्ष हुन्। समूहमा आबद्ध भएपछि च्याउखेतीको तालिम लिएर ३० हजार रुपैयाँ घुम्ती कोषबाट ऋण लिई च्याउखेती सुरु गरिन्। अहिले उनले ४०० लोकल र २५०० गिरीराज कुखुरापालन गरी राम्रो आम्दानी गरिरहेकी छन्। समूहले आत्मनिर्भर बनाएकाले यही व्यवसायलाई निरन्तरता दिने उनको योजना छ। ३० जना सदस्य रहेको समूहको घुम्ती कोषको पैसा एक वर्षमा साँवा मात्र फिर्ता गर्नुपर्ने नियम छ।

घोराहीकी उपप्रमुख हुमा डिसीले मुक्त कमलरीसँग सहकार्य गरी विभिन्न तालिम दिएर काम गरिरहेको बताइन्। पालिकाभित्र छाना नभएका मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेको र सीप सिकेकाहरूलाई स्वरोजगार बन्न उनले आग्रह गरिन्।

मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत ४६५ जनालाई प्रत्यक्ष सहयोग गरेको बताए। दाङका घोराही, तुलसीपुर र लमही नगरपालिकामा यो कार्यक्रम लागू भएको र लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत र असहाय रहेका उनले जानकारी दिए। महिलाहरूले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले बताए।

Previous Post

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

Next Post

धान बालीका लागि थप १ लाख १९ हजार मेट्रिक टन मल ल्याइँदै, अभाव नहुने मन्त्रालयको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
Load More
Next Post
धान बालीका लागि थप १ लाख १९ हजार मेट्रिक टन मल ल्याइँदै, अभाव नहुने मन्त्रालयको दाबी

धान बालीका लागि थप १ लाख १९ हजार मेट्रिक टन मल ल्याइँदै, अभाव नहुने मन्त्रालयको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In