• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी (पोखरा)। पोखरामा आज आयोजित एक कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले मुलुकको सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालको बजेट ल्याउन सरकारसँग माग गरेका छन्।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँगको अन्तर्क्रियामा बोल्ने वक्ताहरूले वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउने नीति तथा कार्यक्रमसहितको बजेट अहिलेको प्रमुख आवश्यकता रहेको औंल्याए।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्र र लगानीमैत्री हुनुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई गतिशील बनाउने नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता रहेको बताए। पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने कार्यक्रमको अपेक्षा गरिएको उल्लेख गर्दै कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन विकास र कृषि व्यवसायीकरणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए।

सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र महत्त्वबारे चर्चा गर्दै अध्यक्ष कार्कीले गण्डकी प्रदेशको कोरोला नाका सञ्चालनमा आए समग्र गण्डकी क्षेत्रका व्यवसायीका लागि नयाँ अवसर सिर्जना हुने धारणा व्यक्त गरे। कोरोलामा नेपालतर्फ भौतिक संरचना खासै नबने पनि चीनसँग आयात र निर्यातको अवसर प्राप्त भएको उनको भनाइ थियो।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात भइरहेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे। नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका समस्याप्रति बढी ध्यान दिनुपर्ने र महासङ्घको नेतृत्वमा वास्तविक समस्या बुझेको व्यक्ति आउनुपर्ने उनले बताए।

पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशभरका उद्योगी व्यवसायी एउटै समस्याबाट पीडित भएको बताउँदै सुस्ताएको बजारलाई चलायमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे। नेपाल उद्योग वाणिज्य महासङ्घलाई मोफसलका समस्याप्रति गम्भीर बनाउन जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र उपमहासचिव सुदीप प्रधानाङ्गलगायतले उद्योगी व्यवसायीका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्ने विचार व्यक्त गरेका थिए।

Previous Post

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दै

Next Post

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In