• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदै छ।

शास्त्रीय विधि अनुसार आज बिहानै उठेर घर लिपपोत गरी स्नानपश्चात् पूजा सामग्री तयार पारेर सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखेर अष्टदलमा भगवान् विष्णुको षोडशोपचार विधिद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पूजा गरी शुद्ध जल तामा वा माटाका भाँडामा राखेर दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।

विभिन्न पुराणहरूमा आजको दिन गरिएको स्नान, दान, ध्यान र जपलगायतका पुण्य कर्म कहिल्यै नाश नहुने उल्लेख छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने परम्परा वैदिक कालदेखि नै चलिआएको हो। धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार यी दुवै चीजले गर्मीबाट शरीरलाई बचाउनुका साथै शक्ति पनि प्रदान गर्दछन्। यिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्दछन्।

प्रा डा भट्टराईले भने, “वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो। ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ।”

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ। आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ।

मान्यता अनुसार सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको थियो। यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने विश्वास पनि छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ। यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।

Previous Post

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

Next Post

ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी

ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In