• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हराउँदै चैते दसैँ मेलाको मौलिकता

by
२४ चैत्र २०८१,
0
हराउँदै चैते दसैँ मेलाको मौलिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’
‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’

चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ ।

चैते दसैँ मेलामा भेटिएका पुनःअर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो । गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागिसमेत चैते दसैँ मेला प्रख्यात मानिन्छ । चैते दसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ ।

चैते दसैँको अवसरमा यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा बुधबारदेखि मेला लागेको छ । यहाँको माहोल हेर्दा मेला फेरिएजस्तै यससँग सम्बन्धित मौलिक भाकासमेत फेरिएका छन् । यस वर्ष मात्रै होइन हुन त ऐतिहासिक मानिएको यो मेला हरेक वर्ष फेरिँदै गएको स्थानीयले आभाष गरिरहेका छन् । पछिल्ला वर्षमा चैते दसैँको अवसरमा गाइने मौलिक भाकासमेत हराएका छन् तर रमाइलो मेलामा आकर्षण बढेको छ । कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरिलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने कार्यसमेत परिवर्तन भएको छ ।

चैते दसैँको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैते दसैँलाई’ भन्ने गीत अचेल सुनिन छाडेको छ । यस्तै, ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र ‘सालैजो’जस्ता मौलिक भाका सुनिएका छैनन् । हाल मेलामा रामाइलोका लागि बजाउने आधुनिक गीत मात्रै सुनिने गरेका छन् । आयातित सामग्री खरिद बिक्री गर्ने र रेकर्ड गरिएका तिनै गीतमा नाँच गान गर्ने गरिन्छ । यसपटक पनि मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङ्को सट्टा रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ । स्थानीय ८० वर्षीय दुर्गाबहादुर आचार्यलाई चैते दसैँ मेलाको मौलिकता पछिल्लो दशकदेखि नै फेरिँदै गएको आभाष हुन थालेको छ । त्यो क्रम हरेक वर्षजस्तै बढ्दै छ ।

स्थानीय बिमल श्रीसका अनुसार मेलामा प्लाष्टिकका सामग्रीको खरिद बिक्री भइरहेको तर ठेका तथा डालोको बिक्री हुन छोडेको छ । “चैते दसैँ मेला पहिले र अहिलेसँग तुलाना नै हुँदैन । पहिले मिठो मसिनो खान र राम्रो वस्तु खरिद गर्न चैते दसैँ आउनुपर्दथ्यो, अहिले त मेला आधुनिक बनिसक्यो । स्थानीय सामग्री डाला, नाङ्ला र ठेकीको व्यापार छैन”, उहाँले भन्नुभयो, “रातभरि रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारले बनावटी गीतमा लय भर्छन् । पहिला जस्तो मौलिकता छैन । गाउँ–गाउँमा मेला पर्वहरू लाग्न थाले, चैते दसैँ मेलाप्रतिको चाख घटेको छ ।”

चैते दसैँ मेला र यहाँको कालिका मन्दिरसँगै जोडिएर आउँछन् । जिल्लाको आर्थिक, सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ । यो बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि हो । चैते दसँैले त्यसमा थप रौनक थप्छ । त्यसैले यो मन्दिर र मेलालाई एक सिक्काका दुई पाटाका रूपमा प्रस्तुत गर्दै थुप्रै गीत पनि गाइएका छन् ।

“पहिला चैते दसँै लोकदोहोरी गाउँने चौतारी जस्तौ थियो, यहाँ गीत गाएर बागलुङका सयौ कलाकार राष्ट्रिय कलाकार बने”, स्थानीय राम शर्माले भन्नुभयो “अहिले तिनै कलाकारले चैते दसैँ बिर्सेका छन्, जसले मेलाको महत्वसमेत घट्दै छ । पहिले चैते दशैको दोहोरीको देशभरि चर्चा हुन्थ्यो, अहिले दोहोरीभन्दा अन्य तयारी गीतमा जोड दिइएको छ ।”

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैते दसैँ मेला बागलुङको मौलिक परम्पराजस्तै बनेपनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन नसकिएको बताउनुभयो । उहाँले दर्शकको स्वभाव र रचिअनुसार हाल मेलाको व्यवस्थापन गर्ने गरिएको बताउनुभयो । “ठेका, डालो र नाङ्लो जस्ता स्थानीय मौलिक उत्पादनका स्टलललाई निःशुल्क गरेका छौँ तर उनीहरूको भन्दा प्लाष्टिकजन्य सामाग्रीको खरिदबिक्री बढी हुन्छ”, उहाँले भन्नुभयो, “भजन, रत्यौली र यानीमयाजस्ता गीत प्रदर्शन गर्न थालेका छौँ तर पहिला जस्तो रातभर जाग्राम बसेर मौलिक गीत गाउँने चलन छैन ।”

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादनहरू कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल, भाडाँकुडालगायत दैनिक उपभोग्य वस्तुहरू खरिद बिक्री हुने गरेकामा हाल खेलौनाजन्य सामग्री, मदिरा र खानाका परिकार मात्रै बिक्री वितरण हुने गरेकाले व्यापारीहरू पनि त्यसैमा लागेका छन् ।

Previous Post

चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

Next Post

‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन

‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In