• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवाको कुटिल चालः कांग्रेस महाधिवेशन आफु प्रधानमन्त्री भएपछि मात्रै !

by
२२ चैत्र २०८१,
0
देउवाको कुटिल चालः कांग्रेस महाधिवेशन आफु प्रधानमन्त्री भएपछि मात्रै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रभावशाली नेताहरुको दौडधुप चलेपनि पार्टी सभापति शेरबहादुर देउवा भने चुपचाप बसेका छन् । देउवा निकट नेताहरुका अनुसार उनि महाधिवेशनलाई तोकिएको समयभन्दा पछि धकेल्ने तयारीमा छन् । पहिले आफु प्रधानमन्त्री बन्ने अनि त्यसपछि बल्ल पार्टी महाधिवेशनको प्रक्रिया अघि बढाउने उनको तयारी छ ।

वर्तमान गठबन्धन सरकार निर्माणका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र त्यसपछि आम निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । यही सहमति देखाएर वर्तमान केन्द्रीय समितिमा ८० प्रतिशत बढी हिस्सा होल्ड गरेका सभापति देउवाले २०८३ असारपछि मात्रै पार्टीको महाधिवेशनको प्रक्रिया सुरु गर्ने आन्तरिक तयारी गरेका हुन् ।

देउवाले पार्टी नेतृत्वमा आफूको अन्तिम कार्यकाल भएकाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने चाहना राखेको उनी निकट एक पदाधिकारीले जानकारी दिए । कांग्रेस विधानमा एक व्यक्ति दुई कार्यकालमात्रै सभापति बन्न पाइन्छ । देउवाको यो दोस्रो कार्यकाल भएकाले अबको महाधिवेशनमा विधान अनुरुप सभापति बन्न पाउँदैनन् । देउवामा आफू प्रधानमन्त्री नहुँदै पार्टी महाधिवेशन गरेमा संसदीय दलको नेताबाट कतै हट्न पर्ने हो कि भन्ने डर छ । अहिले नै नेता डा. शेखर कोइरालाको नेतृत्वमा संसदीय दलको नेता परिवर्तन गर्ने कसरत भइरहेको छ । त्यो बुझेर देउवाले त्यस्तो रणनीति अघि सारेको हुनसक्ने नेताहरू बताउँछन् ।

कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी मंसिरमा सकिन्छ । अर्थात नियमित रूपमा कांग्रेसको १५ औं महाधिवेशन आगामी मंसिरभित्र गरिसक्नुपर्छ । तर, कांग्रेसको इतिहासमा अहिलेसम्म नियमित रूपमा ४ वर्षमै महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भएको रेकर्ड देखिन्न । त्यही दृष्टान्त देखाएर देउवाले पनि विधानले दिएको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बहुमतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारीमा छन् । केन्द्रीय समितिमा देउवाको ८० प्रतिशत होल्ड रहेकाले सहजै पास हुने अवस्था छ । एक वर्ष समय थपिएको बेलामा कांग्रेस एमाले सहमतिमा दरार नआएमा देउवा प्रधानमन्त्री बनिसक्छन् । त्यसपछि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ । जुन देउवाले आफू निकटस्थ नेताहरूलाई बताउँदै आएका छन् ।

महाधिवेशन लम्याउने योजना अनुरुप नै देउवाले आफ्नो उत्तराधिकारी तोकेका छैनन् । देउवा मौन बस्दा उत्तराधिकारी नतोक्दा उनको समूहका प्रभावशाली नेताहरु भने छटपटीमा छन् । देउवापछि उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका प्रबल दाबेदार हुन् । खड्का महामन्त्री हुँदै १४ औं महाधिवेशनमा देउवा प्यानलबाटै उपसभापति जितेका नेता हुन् । टीममा रहेर लामो समयदेखि साथ दिएकाले सभापतिको दाबेदार स्वतः आफू भएको खड्काको बुझाइ छ । तर, देउवाले कुनै वचन दिएका छैनन् ।

निधि १३ औं महाधिवेशनपछि देउवाले मनोनीत गरेका उपसभापति हुन् । तर, निधि १४ औं महाधिवेशनमा देउवाले उम्मेदवार बनाएपछि उनकै काउन्टरमा सभापतिमा उठे । दोस्रो चरणमा भने उनले देउवालाई नै सहयोग गरेका थिए । पूर्व संस्थापनबाट आएका सिंहले पनि देउवालाई काउन्टर दिएर दोस्रो चरणमा उनैलाई मत दिएका थिए । शेखर कोइरालाविरुद्ध दोस्रो चरणमा महाधिवेशनको प्रतिस्पर्धा पुग्दा निधि र सिंह दुवैले देउवालाई साथ दिएका थिए ।

यसैले राजनीतिक विरासतसमेत बोकेको परिवार भएको भन्दै यी दुवैले सभापतिमा आफूलाई समर्थन गर्न देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् । भावी नेतृत्वको विषय रणनीतिक भएकाले देउवा अहिले नै मुख खोल्न चाहँदैनन् ।

Previous Post

२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

Next Post

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
Load More
Next Post
ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In