• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

व्यावसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान

by
१७ चैत्र २०८१,
0
बैंकहरुको नयाँ ब्याजदरः १३ वटा बैंकले घटाए, ५ वटाको यथावत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, १७ चैतः बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने निर्णय गरेको छ । यसका लागि गाउँपालिकाले एक सहकारी संस्थासँग सम्झौतासमेत गरिसकेको छ । गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो ।

गाउँपालिका तथा सहकारीका पदाधिकारीद्वारा हस्ताक्षरित सम्झौतापत्रमा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ देखि स्थानीय बासिन्दालाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन न्यूनतम छ महिनादेखि अधिकतम पाँच वर्ष अवधिका लागि प्रतिघरपरिवार अधिकतम रु २० लाख ऋण रकममा सहुलियत ब्याज अनुदान ऋण प्रदान गर्ने तथा सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने, उक्त कार्यक्रमका लागि गाउँपालिकाले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने र व्यवसाय गर्ने व्यक्ति तथा परिवारले जम्मा चार प्रतिशतमात्र ब्याज तिर्नुपर्ने उल्लेख गरिएको छ ।

स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८० अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोको विपद्पछि खण्डहर जमिनलाई उर्बर एवं व्यावसायिक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश युवा एवं किसानलाई व्यावसायिक बनाउने अभियानको प्रारम्भ यही कार्यक्रमबाट सुरु गरेको जनाएको छ ।

यहाँका अधिकांश नागरिक कृषिमा आबद्ध भएकाले गाउँपालिकालाई कृषिको क्षेत्रमा आत्मनिर्भर स्थानीय तहका रुपमा चिनाउन खोजिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई उद्यमशीलता एवं व्यावसायिक किसान बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

यस्तै गाउँपालिकाद्वारा काभ्रेपलाञ्चोककै नमूना कार्यक्रमअन्र्तगत वैदेशिक रोजगारप्रतिको आर्कषण कम गर्न तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम सुरु गरिएको जनाइएको छ । एक्काइसदेखि ४५ वर्षसम्म उमेर समूहका नागरिकलाई उद्यमी बनाउन व्यावसायिक कर्जामा ब्याज अनुदान उपलब्ध गराउन स्वीकृत कार्यविधीअनुसार गाउँपालिकाले सहुलियत कर्जा प्रवाहमा सहकार्य गर्न वित्तीय संस्था छनोट गरेको थियो ।

नेपाल सरकारबाट मान्यता प्राप्त कृषि व्यवसाय, मसला बाली तथा बीउबिजन उत्पादन एवं प्रशोधन भण्डारणका लागि दुई वर्ष अवधिको सहुलियत कर्जा उपलब्ध हुने जनाइएको छ । यस्तै तरकारी उत्पादन प्रशोधन तथा भण्डारण, बीउबिजन उत्पादन तथा भण्डारण, पुष्प व्यवसाय, फलफूल उत्पादन–प्रशोधन र भण्डारण, दुग्ध उत्पादन प्रशोधन–बिक्री वितरण छनोटमा पर्नेछन् ।

यस्तै पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवस्था, जडीबुटी उत्पादन–प्रशोधन र भण्डारण, उखु, कोदो, मकै, अलँैची, अकबरे खुर्सानी, अदुवा, चियाखेतीको प्रशोधन–भण्डारण र बिक्री वितरण, मौरीपालन, जौँ, फापर, सिलाम, सिमी, आलु, कागती र स्याउको उत्पादन, भण्डारण तथा बिक्री वितरण, तरकारी बालीको उत्पादन, प्रशोधन, भण्डारण तथा कृषि उत्पादन र सङ्कलन एवं बिक्री वितरणका लागि एक वर्षसम्मको सहुलियत कर्जामा अनुदान उपलब्ध गराइने छ ।

Previous Post

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

Next Post

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
Load More
Next Post
प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In