• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

by
२९ फाल्गुन २०८१,
0
‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका-१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकिएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौँ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए। यही क्षण उनका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उनी सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल भएका छन् ।

न्यौपानेले हाल मासिक करिब रु. एक लाखसम्म कमाई हुने गरेको सुनाए । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उनी जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उनी अचेल निकै हर्षित छन् । “दुई छोराछोरीको पठनपाठनदेखि परिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उनले भने।

हाल उनले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर बिदेसिएका थिए आज त्यही बारीमा श्रम, पसिना खर्चेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाएका छन् ।

त्यसबाट वार्षिक रु. तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताए । यस्तै दूध दिने चार वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गरी वार्षिक करिब रु. नौ लाखको कारोबार गर्छन् । “मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती, व्यावसायिक केरा खेती र गाई पालन गरिरहेको छु । तरकारी खेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चार वटा गाई र पाँच वटा बाच्छाबाच्छीपालनको मूत्र संकलनका लागि ट्यांकी निर्माण गरेको छु ।

त्यही मूत्र तरकारीमा प्रयोग गर्छु”, उनले भने, “यस कारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मूत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”

माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रूपमा गौ मूत्रको प्रयोग सुरु गरेका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहेको बताए । उनी भन्छन्, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।” उनले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताए । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु. नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएर रु. सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाए ।

चार वटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती गरिरहेका उनले अन्तरबालीका रूपमा बन्दा पनि लगाउँछन् । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीय स्तरमै रु. दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताए ।

यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहेका छन् । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदै छ । यदि सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उनको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूले जस्तो प्रांगारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वृद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

Previous Post

सिंहदरबारको ग्यालरी बैठक भवन रेट्रोफिटिङ: २० प्रतिशत प्रगति, समयमै सम्पन्न गर्न चुनौती

Next Post

होलीमा सुरक्षाका लागि २७ सय प्रहरी परिचालन

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
होलीमा सुरक्षाका लागि २७ सय प्रहरी परिचालन

होलीमा सुरक्षाका लागि २७ सय प्रहरी परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In