१. भोग भोगिएको हैन, यिनले हामीलाई नै भोगेका हुन् । तपस्या तपिएन हामी नै तप्त भयौँ । काल बितेको हैन हामी नै बितेका हौँ । तृष्णा जीर्ण भइनन् हामी नै जीर्ण भयौँ ।
२. दान, भोग र नाश धनका यी तीन गति हुन्छन् । जो न दिन्छ, न भोग्छ उसका धनको तृतीय गति हुन्छ ।
३. उपकार गर्नु सबभन्दा ठूलो धर्म हो, कर्मदक्षता सबभन्दा ठूलो अर्थ हो । सुपात्रलाई दान दिनु सबभन्दा ठूलो तृप्ति हो र वैराग्य सबभन्दा ठूलो मुक्ति हो ।
४. साहित्य, संगीत र कलाले रहित पुरुष सिङ र पुच्छर विनाको साक्षात पशु नै हो ।
५. सेवा कार्य धेरै नै कठिन छ । योगीजन पनि यसलाई पार गर्न सक्दैनन्, किनकि चुपचाप रहँदा सेवा गुंगा, बोलेमा बकम्फुसे, नजिक पर्दा धृष्ट, टाढा रहँदा अकुशल, क्षमाशील हुँदा कायर र असहिष्णु हुँदा प्रायः तल्लो स्तरको ठानिन्छ ।
६. ऐश्वर्यको शोभा सज्जनता हो, शौर्यको वाकसंयम्, ज्ञानको शान्ति, विद्याको शोभा विनय हो । धनको शोभा सत्पात्रर्ला दान गर्नु हो र तपको शोभा अक्रोध हो । समर्थको शोभा क्षमा हो र धर्मको शोभा दम्भहीनता हो सबैको शोभा शील हो । जो सबैभन्दा श्रेष्ठ आभुषण हो साथै यी सबै सद्गुणको हेतु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट