• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभा : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न माग

by
१३ फाल्गुन २०८१,
0
संघीय संसदका दुवै सदनको बैठक आज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सांसदहरुले भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुन सक्दा सर्वसाधरणलाई आवातजावत गर्न असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भगवती चौधरीले निर्माणाधीन सडक निर्माणको काम समयमा सम्पन्न गर्न र निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरिन् ।

सांसद भानुभक्त जोशीले पनि सडक निर्माणको प्रगति राम्रो नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधार निर्माण तथा सुधारको काम समयमा नै सुरु हुन नसकेको भन्दै आपत्ति जनाए । सांसद मनबहादुर गुरुङले पोखरा महानगरपालिकास्थित पृथ्वी राजमार्गका केही स्थानमा बाँकी रहेको राजमार्ग विस्तारको काम समयमा सम्पन्न गरी आवातजावतमा सहज गर्न माग गरे ।

सांसद बिजुला रायमाझीले विपद्मैत्री पूर्वाधार निर्माणमा जोड दिइन् । सांसद मनिष झाले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बत्ती जडानको कामबारे सरकारको ध्यानाकर्षण गराइन् । सांसद महेश बस्नेतले ‘इन्ड्राइभ’लगायतका सवारी एपलाई करको दायरामा ल्याउनुपर्ने बताए ।

सांसद माधव सापकोटाले गाँजाको औषधिजन्य व्यवसायका लागि कानुनी व्यवस्था मिलाउने गरी चालु आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश भए पनि कार्यान्वयन नभएकामा आपत्ति जनाए । “गाँजासम्बन्धी बजेटको नीति कहिले कार्यान्वयन हुन्छ ?” उनले प्रश्न गरे ।

सांसद मुक्ताकुमारी यादवले गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरिन् । सांसद मेनकाकुमारी पोखरेलले व्यवस्थित औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकामा जोड दिइन् । सांसद मेटमणि चौधरीले नेपाल आर्थिक सङ्कटमा फसिरहेको उल्लेख गर्दै सुधारका कदम तत्काल चाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रघुजी पन्तले भारतस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई ढुक्क भएर सुरक्षित वातावरणमा पढ्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद रमा कोइराला पौडेलले भक्तपुरमा स्मार्ट सहरका नाममा सर्वसाधरणको जग्गा रोकिराखेको भन्दै स्मार्ट सिटी बनाउने कार्य तत्काल अघि बढाउन माग गरिन् ।

सांसद रामकुमार राईले खोटाङस्थित मध्यपहाडी राजमार्गको बोलपत्र रोकिएको, बाढीका कारण बगाएका पुल बन्न नसकेका भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रुकमणी रानाले कृषि उपजको बजारीकरण सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु मैना कार्की, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, राजेन्द्रकुमार केसी, रामकृष्ण यादव, रामशङ्खर यादव, रुपा सोसी (चौधरी), लक्ष्मी तिवारी, लालप्रसाद सावा लिम्बुलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

Previous Post

नवलपरासी पश्चिममा झडप, प्रहरीको गाडी जलाइयो

Next Post

जलवायु परिवर्तन र दिगो विकास : नेपालका लागि नीति समायोजनको खाँचो

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जलवायु परिवर्तन र दिगो विकास : नेपालका लागि नीति समायोजनको खाँचो

जलवायु परिवर्तन र दिगो विकास : नेपालका लागि नीति समायोजनको खाँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In