• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटा चरासँग डराउँछन् अस्ट्रेलियाका नागरिकहरू, कारण यस्तो

by
१२ फाल्गुन २०८१,
0
एउटा चरासँग डराउँछन् अस्ट्रेलियाका नागरिकहरू, कारण यस्तो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अस्ट्रेलियाका नागरिकहरूलाई कठोर र निडर भनेर चिनिन्छ।

त्यहाँका नागरिकहरू बन्दुक तोप अथवा निक्कै भयानक जनवारसँग डराउँदैनन्।

तर, जब एक विशेष चरा देखापर्छ, तब अवस्था फरक हुन्छ।

यो कुनै साधारण चरा होइन जसले अस्ट्रेलियनहरूलाई त्रसित बनाउँछ।

क्यासोवरी विश्वका सबैभन्दा ठूला चराहरू मध्ये एक हो, जसले प्राचीन कालको जीव जस्तै देखिन्छ।

यो मानिसको उचाइको हुन्छ, कालो चम्किलो प्वाँख र पैनी आँखाहरू हुन्छन्, दुई खुट्टामा हिँड्छ, यसको तौल १४० पाउन्डसम्म हुन सक्छ, र प्रत्येक खुट्टामा ठूलो छुरी जत्रो पन्जा हुन्छ।

‘यी चरामा केही मौलिक वा प्राचीन प्रकारको देखिन्छ,’ पपुवा न्युगिनीको जंगली क्षेत्रमा पाँच वर्षसम्म क्यासोवरीहरूको अध्ययन गरेका एन्ड्र्यु म्याक भन्छन्,‘यी जीवित डाइनासोरहरू जस्तै देखिन्छन्।’

क्यासोवरीहरू ¥याटाइट हुन्, जसको मतलब तिनीहरू उड्न सक्दैनन्। यिनीहरूलाई ‘विश्वकै सबैभन्दा खतरनाक चरा’को उपाधि पनि दिइएको छ।

उड्न नसक्ने, तर अझै प्रसिद्ध नातेदारहरू मध्येको इमु अस्ट्रेलियाको राष्ट्रिय प्रतीक मध्ये एक हो। तर क्यासोवरीहरू भने मुख्य रूपमा घना वर्षा वनमा लुकेर बस्छन्, जहाँ तिनीहरूको मानिसहरूसँग कमै सामना हुन्छ र अहिले तिनीहरू लोप हुने खतरामा परेका छन्।

क्यासोवरीहरू नाटकीय देखिने मात्र होइनन्, वातावरणीय रूपमा पनि महत्त्वपूर्ण छन्। यी चराहरू संसारकै सबैभन्दा ठूला फलाहारी (फल खाने) प्राणीहरू हुन्।

तिनीहरू दिनहुँ विभिन्न फलहरू खान्छन् र त्यसलाई मलका रूपमा बगैंचामा फाल्छन्, जसले बीउ फैलाउन र वन फेरी बढ्न मद्दत गर्छ।

अझ रोचक कुरा के छ भने, क्यासोवरीहरू ती दुर्लभ जनावरहरूमध्ये एक हुन् जसमा बच्चाको हेरचाह मुख्य रूपमा पोथीले होइन, भालेले गर्छ।

पोथी क्यासोवरीले अण्डा पारिसकेपछि घुँडाहरू छोडेर जान्छ, र भाले क्यासोवरीले तिनीहरूको ऊष्मा दिने (इन्क्युबेट गर्ने) काम गर्छ अनि बच्चाहरू हुर्काउँछ।

भालेहरू आफ्ना बच्चाहरूको असाधारण रूपमा सुरक्षा गर्छन्, जसका कारण मानिस र क्यासोवरीहरू बीचका झगडाहरू पनि कहिलेकाहीँ देखिन्छन्।

गत वर्ष, एउटा भाइरल भिडिओमा क्युइन्सल्याण्डकी एक महिलाले आफ्नो म्याकडोनाल्ड्स बर्गर क्यासोवरीको खुट्टाबाट जोगाउन संघर्ष गरिरहेको देखियो।

यी प्राणीहरू ठूला र डर लाग्दो देखिए पनि, पीटर रोव्लेस भन्छन्, ‘क्यासोवरीहरूको मृत्यु मानिसहरूको कारणले बढी हुन्छ, बरु मानिसहरूको मृत्यु क्यासोवरीको कारणले कम हुन्छ।’

रोव्लेस ‘कम्युनिटी फर कोस्टल एण्ड क्यासोवरी कन्जरभेसन’का संस्थापक हुन्। उनी अस्ट्रेलियाको उत्तर क्युइन्सल्याण्डको मिशन बीच भन्ने सागर किनारमा बस्छन्, जुन मुख्य रूपमा क्यासोवरीहरूको बासस्थान हो।

‘यदि तपाईं जंगली क्षेत्रमा क्यासोवरी भेट्नुहुन्छ भने, पहिलो कुरा के गर्नुहोस् भने, आफ्ना हात पछाडि राख्नुहोस्’, उनी सुझाउँछन्।

‘आफूलाई सकेसम्म नीरस (बोरिङ) बनाउनुहोस्, ताकि क्यासोवरीले तपाईंप्रति ध्यान नदियोस्। कुनै रूखको पछाडि जाऔं, वातावरणमा मिसिऔं। चिच्याउनु, हात हल्लाउनु, दौडनु हुँदैन। यदि तपाईंको हातमा खाना छ भने, खल्तीमा हाल्नुहोस्, पछाडि लुकाउनुहोस्, कतै लुकाउनुहोस्। यो सबैभन्दा राम्रो उपाय हो, ताकि क्यासोवरीले तपाईंलाई थप खाना दिने स्रोतका रूपमा नदेखोस्।’

यदि कोही क्यासोवरीसँग सामना हुन्छ भने, दौडेर भाग्न खोज्नु उल्टै खतरनाक हुन सक्छ।

क्यासोवरीका नातेदार इमु र अस्ट्रिचहरू झैँ, यी चराहरू पनि दुई खुट्टामा हिँड्छन् र तीव्र गतिमा दौडन सक्छन्।

२००१ मा प्रकाशित ‘जर्नल अफ जुलोजी’को एक अध्ययनका अनुसार, ७५% क्यासोवरी आक्रमणहरू तब भएका थिए जब मानिसहरूले तिनीहरूलाई खाना खुवाएका थिए।

‘क्यासोवरीलाई खुवाउँदा तिनीहरूको प्राकृतिक व्यवहार परिवर्तन हुन्छ, जसले गर्दा तिनीहरू निडर र आक्रामक बन्छन’्, अध्ययन लेखक क्रिस्टोफर पी कोफ्रोनले लेखेका छन्।

पपुवा न्युगिनीमा, क्यासोवरी संरक्षित जनावर होइन, र स्थानीयहरूले समात्न सकेमा तिनीहरूलाई भुटेर खान्छन्। त्यहाँ पाइने क्यासोवरीहरू साना “ड्वार्फ“ प्रजातिका हुन्छन्।

रोव्लेसले पर्यटकहरूलाई कालो वा गाढा नीलो रंगका कारहरूबाट टाढा रहन सल्लाह दिन्छन् किनकि क्यासोवरीहरूले ती कारहरूमा आफ्नै प्रतिविम्ब देखेर प्रतिस्पर्धी चरा सम्झेर डराउँछन् वा आक्रामक बन्छन्।

मिशन बीचका स्थानीयहरू आफ्ना घरका सिसा वा ऐनाहरूमा पर्दा हाल्छन्, ताकि क्यासोवरीहरूले आफ्नो प्रतिबिम्ब नदेखून्। (सीएनएन)

Previous Post

१० तस्बिरमा हेर्नुहोस् अन्तरिक्ष र सौर्यमण्डलका विभिन्न ग्रहहरूबाट पृथ्वी कस्तो देखिन्छ

Next Post

पशुपति आइपुगे साधुहरू (फोटोफिचर)

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
पशुपति आइपुगे साधुहरू (फोटोफिचर)

पशुपति आइपुगे साधुहरू (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In