काठमाडौं स् आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानले पराजित गरेको छ।
दुबईमा गएराति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२ दशमवल ३ ओभरमा ४ विकेट गुमाउदै भट्टायो।
।भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए। कोहलीको यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन्। त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९ दशमलव ४ ओभरमा अल आउट हुँदै २४१ रन बनाएको थियो। पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए।
त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए।
भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए। त्यसैगरी अक्षर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए।
यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तानले अब बंगलादेशसँग एक खेल खेल्ने छ।
प्रतियोगिता अन्तरत आज बंगलादेशले न्यूजिल्यासँग खेल्दैछ। आजको खेलमा न्यूजिल्याण्डले जिते पाकिस्तानले र बंगलादेश बाहिरिने छन्।












