• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाकुम्भले घटाउँला शिवरात्रिमा आउने साधुसन्तको संख्या ?

by
१० फाल्गुन २०८१,
0
महाकुम्भले घटाउँला शिवरात्रिमा आउने साधुसन्तको संख्या ?

eQmk'/, % kmfu'g -/f;;_ M s]bf/gfy lz/ 8f]n]Zj/ dxfb]j dlGb/df lzj/fqLsf] nflu ef/taf6 cfPsf hf]uL Pj+ afafx? dlGb/ kl/;/df . dlGb/df pgLx?nfO{ vfg, a:g, w'gL hufpg / ljbfO{ vr{ lbg] Joa:yf ul/Psf] 5 . tl:j/ M /d]z lu/L, /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभर र व्यवस्थित बनाउने कामलाई तिब्रता दिएको छ।

यही फागुन १४ गते हुने महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन तीव्र तयारी गरिरहेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौं वटा उपसमितिमार्फत व्यवस्थापनको कामलाई तिब्रता दिइरहेको छ।

कोषका प्रवक्ता रेवती रमण अधिकारीले भने,‘मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ।

त्यस अन्र्तगत विभिन्न नौं वटा विषयगत उपसमितिहरुको गठन पश्चात कोषले महाशिवरात्री पर्वलाई औपचारिक रुपमा व्यवस्थापन, समन्वय, संयोजन गर्ने काम भइरहेको छ।

सुरक्षा, प्रचारप्रसार व्यवस्थापन, साधुसन्तको सेवा, धार्मिक कार्यक्रमलगायतलाई फरक फरक उपसमिति बनाइएको छ,’ उनले अगाडि भने,‘ सरसफाइ, जुत्ता चप्पलको व्यवस्थापन, स्वयम सेवक परिचालन, स्वास्थ्य सिविर व्यवस्थापनका काम अघि बढीसकेको छ।’

उनका अनुसार कोषमा डेढ करोडको बजेट व्यवस्थापन गरेर काम गरिरहेको छ।

‘कोषको खर्च गर्ने आफ्नै मापदण्ड भएकाले सोही अनुसारको काम गरिरहेका छौं। विधिभित्र बसेर खर्च गर्नुपर्छ। हाम्रो डेढ करोडको बजेट हो। तर यति खर्चले मात्रै पुग्दैन्। अरु संस्थानहरुको पनि सहयोग जुटाउने काम भइरहेको छ,’ उनले भने।

त्यस्तै उनले दर्शन मार्ग सहज र झकिझकाउ बनाउन बत्तीहरुको जडान भइरहेको जानकारी दिए । साथै सजावटका समानहरु टेण्डर प्रक्रियाबाट बाहिरबाट नै आयात गरिएको र फूलहरु धेरै भारतबाट नै ल्याइने उनले बताए।

‘थप जनशक्ति परिचालन गरेर सरसफाइ गरिरहेका छौं। शिव र  शक्तिसँग सम्बन्धित कलाकृतिहरु सहितको पेन्टिङ गरिरहेका छौं,’ उनले भने,‘तर यहाँ आउने सामग्रीहरु टेन्डर प्रक्रियाबाट नेपाल एवम भारतबाट नै ल्याउछौं । फुल धेरैजसो भारतबाटै आउँछ।’

दर्शनार्थीहरुलाई सकेसम्म दुःख नपाउन र छिटो एवम सुरक्षित तरिकाले दर्शन गर्नेगरी व्यस्थापनमा ध्यान दिएको पनि उनले बताए।

दर्शनका लागि चारवटै ढोका खोल्ने अर्थात जुन ढोकामा पुगिन्छ त्यही ढोकाबाट दर्शन गर्ने व्यवस्थापन मिलाइने उनले बताए।

उनले भने,‘दर्शनार्थीहरुलाई सजिलो, छिटो र सुरक्षित रुपमा दर्शन गराउने तयारी भइरहेको छ। दर्शनार्थीहरुले सकेसम्म दुःख नपाउन् र छिटो सुरक्षित तरिकाले दर्शन गर्न पाउन् भन्ने हो। चारवटा लाइनको व्यवस्था गरेका छौं। मन्दिरको चारवटा ढोका छन, भगवान शिवको पनि चारवटा मुहार छन् र चारवटै ढोकाबाट दर्शन गर्ने हाम्रो परम्परा छ। शिवरात्रीको दिन चारवटै दर्शन नगरिकन एउटा लाइनबाट नै जुन ढोकामा पुग्नु हुन्छ त्यही ढोकाबाट दर्शन गरेर फर्किने गरि व्यवस्था मिलाएका छौं। एकजना व्यक्तिले चारवटै ढोकाबाट दर्शन गर्न थाल्यो भने धेरै समय लाग्ने भएकाले लाइनबाट जाँदा जुन ढोकामा पुगिन्छ त्यही ढोकाबाट दर्शन गरेर फर्किने गरि व्यवस्था मिलाएका छौ।’

त्यस्तै उनले मन्दिरको चारवटा ढोका विहान २ः३० बजे नै खोल्ने र दर्शनलाई छिटो गर्ने हिसाबले काम भइरहेको बताए। एकैपटक ८ देखि १० जनाले एकैपटक दर्शन गर्न सक्नेगरी, व्यवस्था गरेको पनि जानकारी दिए।

ट्राफिक व्यवस्थापनको सन्दर्भमा १३ गते राती १२ बजेदेखि नै कोटेश्वर सिनामंगलसम्मको ठूला गाडीहरु डाइभर्सन हुने, महाराजगन्ज हुँदै आउने सवारी साधनहरु गोपीकृष्ण हलको छेउबाट डाइभर्सन गराइने उनले जानकारी दिए।

साना सवारी साधनहरु भने नियमित रुपमा सिनामंगलदेखि चावहिलसम्मको रुटमा सकेसम्म दुइतर्फी नै चलाउनेगरी व्यवस्थापन गर्ने उनले जानकारी दिए।

यसका साथै नीजि सवारी साधनहरु शिवरात्री पर्वसँग सम्बन्धित, सेवाका लागि आएका, स्वयंमसेवक र कार्यालयका कामका लागि आउनेहरुको लागि भने पासको व्यवस्था गरिएको छ।

कोषले साधुसन्तहरुलाई भोजनको व्यवस्था गर्नेहरुका लागि तिलगंगासम्म आउने व्यवस्था मिलाएको, कोषसँग सम्बन्धित आएमा कोषकै प्रांगणमा, सुरक्षासँग सम्बन्धी प्रहरीको क्षेत्रमा र भक्तजनहरु पनि आफ्नै सवारी साधन लिएर आएमा सिफल चौरमा राख्ने गरि पार्किङ्को व्यवस्था गरिएको छ।

भक्तजनहरुलाई सजिलोका लागि गत वर्षको अुनभवको आधारमा सार्वजनिक यातायात सुचारु गर्ने प्रवक्ता अधिकारीले जनाएका छन्।

विगतमा २५ सय, तीन हजार साधुसन्त आउने अपेक्षा राखिएको भएतापनि भारतमा जारी महाकुम्भ मेलाका कारण अपेक्षा गरिएको भन्दा कम आउने सम्भावना रहेको उनले सुनाए।

‘महाकुम्भ शिवरात्रीकै दिन सम्पन्न हुँदैछ। त्यसैले कतिपय साधुहरु अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ। कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरु पशुपतिमा आउने सम्भावना छ। गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनु भएको थियो, यसपाली पनि त्यतिनै आउनुहोला,’ उनले भने।

यस वर्षको शिवरात्रीमा १३ गते बिहानको राति २ः३०बजेदेखि ढोका खुल्ने र १५ गते बिहान ६ बजेसम्म पूजा हुनेछ। सात आठ लाख जनाले दर्शन गर्ने अपेक्षा कोषको रहेको छ।

छिटो दर्शन गराउन थप बाटोहरुको मर्मत र आउने र जाने बाटो फरक गर्दा समयको बचत हुने उद्देश्यले अस्थायी रुपमा बाँस प्रयोग गरेर यस वर्ष थप तीनवटा क्रसिङ पुलको निर्माण पनि कोषले गरेको छ।

Previous Post

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज

Next Post

विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In