• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

८ फागुन २०८१,
0
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्त्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।

उत्खननका लागि गाउँपालिकाले ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्त्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए ।

पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनले बताए ।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उनले भने, ‘अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ ।’

उत्खनन्मा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन ।

अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास स्वरूप पुरातत्त्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताइन् । उनले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।

अजयमेरु कोट संरक्षणको महत्त्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए ।

अजयमेरुकोटको स्थापना १३ औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।

एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरूले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् ।

रैका राजवंशका नागी मल्लले वि.सं १४४१ मा अजय मेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपालदेवका ताम्र पत्र र वि.सं १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठक स्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् ।

हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाड देखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् ।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् ।

गाडको केहीमाथि दुई वटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ ।

अघिल्लो समाचार

प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

अर्को समाचार

ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा

सम्बन्धित खबर

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा

ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन