काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्यहरु हेरफेर गरिएको छ ।
जसमा सचिवालय प्रमुखको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ ।
यसअघि सचिवालयमा रहेका रमेश मल्ल विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा भएपछि उनको ठाउँमा आचार्यलाई प्रमुखको जिम्मेवारी दिइएको हो । उनी पत्रकार महासंघ पूर्वअध्यक्ष हुन् । यसअघि प्रचण्डका प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका थिए ।
यस्तै माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेना सन्तु दराई, माओवादी केन्द्रीय कमिटी सदस्य गंगा दाहाल, विश्वदीप पाण्डे र गोकर्ण भट्टलाई पनि सचिवालयमा राखिएको छ ।












