एजेन्सी । अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमाथि २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि क्यानडाले पनि अमेरिकालाई कर लगाउने भएको छ ।
त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले पनि अमेरिकालाई २५ प्रतिशत नै कर लगाउने जवाफ दिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन् । यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन ।












