• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

by
१७ माघ २०८१,
0
मुग्लिन-पोखरा सडक : रातिको अवरोध हट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उनले भने, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।”

तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमि र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि र कास्कीमा ६.०७ किमि सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । “आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छ”, इन्जिनियर नेपालले भने, “पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।”

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । “सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गत गतिमा भइरहेको छ”, इन्जिनियर नेपालले भने, “निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।” कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ ।

३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।

पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

Previous Post

रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

Next Post

जापानले बनायो ‘मान्छे धुने’ मेसिन

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
जापानले बनायो ‘मान्छे धुने’ मेसिन

जापानले बनायो 'मान्छे धुने' मेसिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In