• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’

    निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठनको बाटो खुल्ने

    चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

    चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

by
४ माघ २०८१,
0
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्।

नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन्।

सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ।

यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ। यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलमा अवस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर

भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे। ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिकालगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरे।

उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताए।

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको बताए।

नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए। त्यस अवसरमा व्यवसायीहरूले नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउन भारतीय पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे।

भारतीय पर्यटकलाई ती स्थानमा पठाउन आग्रह गरे। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले अयोध्या र जनकपुरलाई रामायण सर्किटका रूपमा विकास गर्न लागिपरेको भन्दै आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे।

पर्यटन व्यवसायी मायाप्रसाद भट्टले सुदूरपश्चिममा सम्भावना रहेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पुर्याउन सहकार्य जरूरी रहेको बताए। उनले भने, ‘जंगल सफारी र विभिन्न धार्मिक तीर्थस्थल, पवित्र क्षेत्र बढिमालिका, खप्तडलगायत क्षेत्रको प्रवर्द्धनमा दुवै देशबीच सहकार्य आवश्यक छ।’

बनारसमा ‘रोड सो’

नेपाल र भारतको धार्मिक पर्यटनलाई बढावा दिन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ। ब्यानरसहित सडक परिक्रमा गरी शास्त्री घाटमा पुगेर सम्पन्न भएको थियो।

सोही अवसरमा नेपालबाट परिचयात्मक तथा बिटुबीका लागि सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरियो। उत्तरप्रदेश पर्यटन विभाग र व्यवसायी प्रतिनिधिहरूले स्वागत गर्दै दुवै देशमा धार्मिक पर्यटन वृद्धि कसरी गर्न सकिन्छ भनेर विमर्शसमेत गरे।

बनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल र भारतबीचको शदिऔँदेखिको धार्मिक, सांस्कृतिक सम्बन्धको लाभ दुवै पक्षले लिनुपर्ने बताए।

उनले बुद्ध र हिन्दू दुवैका लागि नेपाल र भारत महत्वपूर्ण पर्यटकीयस्थल रहेको तथा पर्यटक आदानप्रदान हुँदै आएको भन्दै १२ वर्षपछि लाग्ने कुम्भ मेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे। साथै उनले नेपालको सडक पूर्वाधार सुधार गर्नसके धेरै भारतीय पर्यटक नेपालको भ्रमण गर्न आतुर रहेको बताए।

उत्तरप्रदेश पर्यटन विभागका उपनिर्देशक आरके रावतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतले लिएको सामूहिक पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए।

त्यसअघि लखनऊमा उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम गरिएको थियो। जहाँ दुवै देशका पर्यटनसम्बन्धी सरकारी निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक अनुभव आदान–प्रदानका साथै आगामी पर्यटन रणनीतिबारे छलफल भएको थियो।

उत्तरप्रदेश पर्यटन विभागको निमन्त्रणामा २३ जना नेपाली व्यवसायी, सरकारी प्रतिनिधि, सञ्चारकर्मी यस कार्यक्रममा सहभागी भए। यसअघि नेपालले भारत उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपालमा आमन्त्रण गरी नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी गराउनाका साथै दुवै पर्यटन बोर्डहरुबीच यस्ता कार्यक्रमलाई वार्षिक कार्यतालिका बनाई निरन्तरता दिने घोषणा गरेका थिए।

Previous Post

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

Next Post

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

सम्बन्धित खबर

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’
समाचार

निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
समाचार

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठनको बाटो खुल्ने

५ चैत्र २०८२,
चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना
फिचर-ब्यानर

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

५ चैत्र २०८२,
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
Load More
Next Post
डिडिसीलाई एक अर्ब २५ करोड ऋणको भार

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In