• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

by
२९ पुस २०८१,
0
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत शुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ ।

स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि शुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात जना पूजारी गरी दुई सयभन्दा बढी  व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरापलिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । व्रतालुको यकिन आज सोमबार अपराह्नसम्म हुने जनाइएको छ ।

“चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखिज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” उनले भने  । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग  बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।

    माधवनारायण व्रतका नियम

व्रतालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दूध र पानी बाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन ।

 व्रतालुको भोजन

दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नुहुने नियम रहेको माधवनारायण व्रतका विषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ले बताए । “भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरूल, पिँडालु, दूधलगायत फलाहार मात्र भोजन गर्ने नियम छ, भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित गरिएका चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घ्यू आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान सकिन्छ,” उनले भने ।

व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमासँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन ।

  व्रतालुले गर्न नहुने 

 व्रतालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान  गर्नहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन । व्रतालुले उपरखुट्टी लगाएर, मेचमा र खाटमा बस्न पनि हुँदैन । नाङ्गो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

  परदेश यात्रा

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरू गर्छन् । पहिलो दिन शालिनदीबाट– बज्रयोगिनी ढोकासम्म साष्टाङ् दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङ्बाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी  र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मीं) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

      परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजनविधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए ।

माघ शुक्ल चतुर्दशीका दिन देव निमन्त्रणा गरी पूर्णीमामा अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । अश्वमेध यज्ञ गरेको भोलिपल्ट  व्रतालुले माघ गाउने (मिगा पूजा) गर्छन् ।

शिवरात्रिका दिन माधवनारायणका व्रतालुले जाग्राम बस्नुपर्ने व्रत विधान छ । महिला व्रतालुले पहिरन र टीका पनि रातो लगाउनुपर्छ । पुरूष व्रतालुले भने रातो टीका वस्त्र लगाउन नहुने विधि छ । नित्य पूजा अघि पुरूषले चन्दनको टीका लगाउनुपर्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको शिव, स्कन्दलगायत पुराणमा वर्णन गरिएको छ ।

पार्वतीको आज्ञाअनुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरू भएको विश्वास गरिन्छ । स्वस्थानीको व्रतविधि बताउन स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वत्थामालाई पार्वतीले पठाउनुभएको कथा छ ।

Previous Post

बेनी बजार चिनाउने माध्यम ‘सङ्गीत, संस्कृति र प्रकृति’

Next Post

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

सम्बन्धित खबर

चितवनका विद्यार्थी धान रोप्न सिक्दै
आवाज

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

१६ असार २०८३,
फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In