• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी

by
२८ पुस २०८१,
0
भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु – खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा १०० किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा १०० किलोभन्दा बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।

यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ। तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ। उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका-४ गुदेल हो। निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षत्कार गर्नुपर्‍यो। सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन्। बालबच्चाको शिक्षादीक्षा र सिंगो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ। परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो।

‘हाम्रो जिन्दगी यसरी नै चल्छ। यो काम नगरी बाँच्न सकिँदैन,’ निधारको पसिना पुछ्दै उनले भने। दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिना बगाउँछन्। भारी बोक्ने एक दिनमा उनले दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउँछन्, तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ।

बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ।

पसिनाको कथा

सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ। यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन। भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन्। त्यहीबेला लामो श्वास फेर्दै उनले भने, ‘यो जिन्दगी सजिलो छैन।’

कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेकोे छ। सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ। आकाश कुलुङ प्रतिनिधि पात्रमात्र हुन्। खुम्बु क्षेत्रका सयौं भरियाको जीवन यस्तै छ। महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन्। भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ। तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ। सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन। यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ।

सामान ओसार–पसारको एकमात्र विकल्प मानव श्रम नै हो। खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ, तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ। खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए। ‘यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खाना बस्नमा धेरै खर्च हुन्छ, यहाँ यसो हिसाब गर्दा चाहिँ धेरै कमाइ भयोजस्तो लाग्छ तर घर फर्किंदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी,’ विकले भने। उनीहरूका लागि भारी बोक्नुबाहेक अरू विकल्प छैन। उनीहरूको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ, तर भारियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन।

‘मलाई अर्को सजिलो काम भेटिए हुन्थ्योजस्तो लाग्छ,’ भरिया विक भन्छन्। यति मेहनत गरे पनि यहाँ भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ। भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेको भारियाहरूको गुनासो छ।

खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाहरूको जीवनको यथार्थलाई चित्रण गर्छ। विकट भूगोल र विकासको असमानताले उनीहरूको संघर्षलाई थप चुनौतीपूर्ण बनाएको छ। स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ।

आकाश कुलुङ र नवराज विकजस्ता युवाहरूले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ। खुम्बुका पर्यटकका लागि यो उकाली दृश्यावलोकनको रमाइलो पाटो हो । तर भरियाका लागि यो उकाली जीवन धान्ने संघर्ष हो।

रासस

Previous Post

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

Next Post

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

सम्बन्धित खबर

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ बैशाख २०८३,
Load More
Next Post
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In