• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार

by
२२ पुस २०८१,
0
बाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके । डिभिजन वन कार्यालय कोहलपुरले बाँकेको सिर्जना सामुदायिक वनमा लाहाखेती गर्न सुरुआत गरेको छ ।लाहालाई सरकारी दस्तावेज सिल गर्न, हँसिया, खुर्पा जस्ता घरेलु कामका लागि प्रयोग गरिने हातहतियारको बिँडमा, गरगहना भर्न, फर्निचर कारखानालगायत अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।

‘लाहा कुसुमको रुखमा राम्रो फस्टाउने र आम्दानी पनि राम्रो हुने भएपछि हामीले यहाँको सामुदायिक वनमा लाहाखेती विस्तार गरेका हौं ।’ डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले भने, ‘यो खेतीले यहाँका वन उपभोक्ताहरू लाभान्वित हुने विश्वास छ ।’

उनका अनुसार झापाबाट दुई जना लाहासम्बन्धी काम गर्दै आएका विज्ञको टोलीले बाँकेका सामुदायिक वन उपभोक्तालाई दुई दिनको तालिम दिएर १२ रुखमा २५ किलो लाहाको बीउ लगाइएको छ । ‘पूर्व झापाबाट दुई जनाको विज्ञ टोलीले यहाँका सामुदायिक वनका उपभोक्तालाई लाहासम्बन्धी तालिम दिएर २५ किलो लाहाको बीउ लगाएका छौँ’ उनले भने, ‘रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा कीरा (भ्रुण) छाडिएको छ ।’

विगत २५ वर्षदेखि लाहाखेतीमा आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई बाँकेमा साझा गर्न आएका लाहा विज्ञ डम्मर विश्वकर्माका अनुसार कुसुमको रुख नरम हुने भएको हुनाले उक्त रुखको हाँगामा लाहाका भ्रूणलाई टाँसिन सहज हुन्छ। र त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ । उनले बताए अनुसार लाहाको कच्चा पदार्थ प्रतिकेजी एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए । एउटा रुखबाट ५० किलोसम्म लाहा उत्पादन गर्न सकिने उनी बताउँछन्। लाहा तयार हुनका कम्तीमा पनि एक वर्षको समय पर्याप्त हुने भएको हुनाले वर्षमा एउटा रुखबाट ५० हजारको उत्पादन हुन्छ ।

विज्ञ विश्वकर्माका अनुसार लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ । पोथी लाहाले अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ । जसलाई लाहा भनिन्छ । विश्वकर्माले लाहा उत्पादनका लागि मनसुनी वर्षा त्यसमा पनि १५ डिग्री सेल्सियसदेखि ४०-४५ डिग्री सेल्सियससम्म तापक्रम राम्रो मानिने जानकारी दिए । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उनको भनाइ थियो । उनीसँगै लाहाको विषयमा विज्ञको रुपमा आफ्ना अनुभव साट्न झापादेखि लाहा विज्ञ रोहित सेन्चुरी पनि आएका थिए ।

जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने उद्देश्यका साथ बाँकेमा लाहाखेती पुसको १७ र १८ गते लगाइएको शव डिभिजन वन कार्यालय शम्शेरगञ्जका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालको भनाई छ । ‘यहाँका उपभोक्ताको आयआर्जन वृद्धि विकासका लागि हामीले यो सहजै उत्पादन गर्न सकिने लाहा खेतीको सुरुवात गरेका हौं’, उनले भने, ‘यो खेती कुसुमको रुखमा राम्रो फस्ट्याउने भएको हुनाले एक हिसाबले हामीले हाम्रा सामुदायिक वनमा भएको कुसुमको रुखलाई परीक्षणका लागि उपयोग पनि गरेका हौं ।’

लाहाखेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको सव डिभिजन कार्यालय ओभरिका प्रमुख शर्माले जानकारी दिए । सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले समितिको आयस्तर सुधार गर्न लाहाखेतीले मद्दत गर्ने विश्वास लागेको उल्लेख गरे । ‘हाम्रो वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिन्छ  । सिर्जना सामुदायिक वनमा रहेका कुसुमका रुखमा लाहाको बीउ रोपिए पनि राप्तीसोनारी गाउँपालिकामा पर्ने जलनधारा र झिजरी महिला सामुदायिक वनका उपभोक्तालाई पनि उक्त तालिममा सहभागी गराइएको थियो ।

Previous Post

अमेरिका भीषण हिमआँधीको चपेटामा, केन्टकी,भर्जिनिया लगायत पाँच राज्यमा संकटकाल घोषणा

Next Post

माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In