• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के पुष्पा २ की अभिनेत्री रश्मिकालाई मायोसाइटिस रोग छ ?

by
११ पुस २०८१,
0
के पुष्पा २ की अभिनेत्री रश्मिकालाई मायोसाइटिस रोग छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विगत केही दिनदेखि देश र बिश्वमा तरङ्ग मच्चाइरहेको चलचित्र पुष्पा–२ बारे तपाइलाई अवगत नै होला । यदि तपाईंलाई फिल्मको बारेमा थाहा छ भने, तपाईंले यसको ड्यासिङ अभिनेत्री रश्मिका मन्डन्नाकाे अनुहारको छालामा केही समस्या भएकाे पनि थाहा पाउनु भएकाे हाेला ।

रश्मिका मन्डन्ना ‘जानवर’ लगायत धेरै हिन्दी फिल्ममा पनि देखिएकी छिन् । यतिसम्म कि उनी अब बलिउडका स्थापित कलाकारमा जोडिएकी छिन् । रश्मिका मन्डन्ना मात्र २८ वर्षकी भइन् । यस्तो अवस्थामा रश्मिका मन्डन्नाको अनुहारको छालामा केही समस्या भएको छ ।

मानौं रश्मिकालाई छालाको कुनै समस्या भए पनि मेकअपले सजिलै लुकाउने गर्छिन् । यस्तो अवस्थामा रश्मिका मन्डन्नालाई मायोसाइटिस नामक गम्भीर छालाको रोग लागेको केही समाचारहरूमा जनाइएकाे छ । यो एउटा यस्तो रोग हो, जसमा क्यान्सर पनि हुनसक्छ विज्ञले जनाएका छन् ।

मायोसाइटिस के हो ?
मायोसाइटिस एक स्वत: प्रतिरक्षा रोग हो जसले मांसपेशिहरु लाई आक्रमण गर्दछ। अटोइम्यून भनेको शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले गल्तीले शरीरमा आक्रमण गर्न थाल्नु हो। यो रोगमा मुख्यतया हात, काँध, कम्मर, तिघ्रा, पेट, मेरुदण्ड, आँखा आदिका मांसपेशीमा समस्या हुन्छ ।

मायोसाइटिस तीन प्रकारका हुन्छन्- पोलिमायोसाइटिस, डर्मेटोमायोसाइटिस र इन्क्लुजन बडी मायोसाइटिस। यीमध्ये डर्मेटोमायोसाइटिस मात्र छालासँग सम्बन्धित रोग हो। तर यसमा छाला मुनिको मांसपेशीहरु पनि बढी प्रभावित हुन्छन् । यो रोगका कारण क्यान्सरको जोखिम पनि बढ्छ ।

रश्मिका मन्डनालाई अत्यधिक मेकअपका कारण यो रोग लागेको हुनसक्ने विज्ञले जनाएका छन् । केही विज्ञले यो रोग धेरै मेकअपको कारणले होइन, तर आफैमा लाग्दछ र यसको कुनै कारण छैन भनेर जनाएकाे विभिन्न समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

कसलाई यो रोग लाग्न सक्छ ?
मेयो क्लिनिकका अनुसार डर्मेटोमायोसाइटिस ५ देखि १५ वर्ष वा ४० देखि ६० वर्षसम्मका मानिसलाई हुन्छ। रश्मिका मन्डन्नाको उमेर २८ वर्षकाे छ । अर्थात् यहाँ रश्मिका मण्डनालाई मायोसाइटिस भएको भन्नु पनि गलत हो, किनभने मन्डन्नाको उमेर यो रोग लाग्ने मध्य उमेर समूहको छैन ।

मायोसाइटिसको लक्षण
मायोसाइटिसमा छालाको रंग परिवर्तन हुन्छ। यो बैजनी रंगको वा धुलो रंगको हुन्छ। यससँगै छालामा रातो दाग देखा पर्छन् । यो आँखा देखि कुहिनोसम्म देखिन्छ। दागहरू प्रायः चिलाउने र कहिलेकाहीँ दुखाइ पनि निम्त्याउँछ।

यसको दोस्रो लक्षण भनेको मांसपेशी निकै कमजोर हुनु हो । कम्मर, तिघ्रा, काँध, हात, घाँटी आदिका मांसपेशीहरू धेरै कमजोर हुन्छन्। बिस्तारै कुरा गम्भीर बन्दै जान्छ । यो रोगको कुनै उपचार छैन। यसको लक्षण कम गर्न सकिन्छ।

त्यसोभए के रश्मिका मन्डनालाई यो दुर्लभ रोग छ ?
रिर्पोटका अनुसार रश्मिका मन्डन्नाको एक पोस्टमा उनले आफु छाला विशेषज्ञकहाँ जान लागेको बताएकी छिन् । केटीहरू प्रायः आफ्नो छालाको हेरचाह कसरी गर्ने र कुनै रोगको उपचार गराउन नपरोस् भनेर छालाका चिकित्सककहाँ जाने गर्छन्। त्यसैले रश्मिका मन्डन्नालाई मायोसाइटिस भएको हो वा हाेइन चिकित्सककाे रिर्पोटपछि मात्र थाहा हुने बताइएकाे छ ,

समाचारमा अत्यधिक मेकअपका कारण यो रोग लाग्न सक्ने बताइएको छ भने सत्य यो हो कि मायोसाइटिसको मेकअपसँग कुनै सम्बन्ध छैन, यो एक अटोइम्यून रोग हो । त्यसैले रश्मिकालाई कुनै सानो छालाको रोग लागेको हुनसक्छ तर मायोसाइटिसको चर्चा विशुद्ध कल्पना मात्र भएकाे देखिन्छ । यो रोग लाग्न रश्मिका मन्डन्नाको न त उपयुक्त उमेर छ न त यो रोगको कुनै लक्षण नै छ ।

Previous Post

कुन पोजिसनमा सुत्दा फाइदाजनक हुन्छ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In