• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वराष्ट्रपति विद्या र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा !

by
१ पुस २०८१,
0
पूर्वराष्ट्रपति विद्या र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन दुबैजना राजनीतिमा सक्रिय रुपमा देखिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएर पार्टी अध्यक्ष बन्ने योजनामा छिन भने पूर्वउपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रमा फर्किएर पार्टी उपाध्यक्ष बन्ने तयारीमा छन् ।

देशको सर्वोच्च पदमा आसिन भइसेककी पूर्वराष्ट्रपति विद्या भण्डारी यतिबेला सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन् । उनि नेकपा एमालेमा फर्किने तयारी चलिरहँदा पार्टीमा उनको स्थान के हुने भनेर बहस सुरु भएको छ । गत ९ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत गरेपछि बहस सुरु भएको हो । विद्या भण्डारी सर्बसम्मत रुपमा पार्टीको अध्यक्ष बन्ने दाउमा छिन् । अहिले भण्डारी भेटघाट र सार्वजनिक अभिव्यक्तिमार्फत सक्रिय राजनीतिको सम्भावना खुला गरेर हिडिरहेकी छिन् ।

एमाले पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपतिबाट अवकाशपछि सुरक्षाकर्मी र डेराभाडाबाहेक राज्यको अन्य सेवा सुविधा परित्याग गरेर राजनीतिमा पुनरागमनको ढोका खुला राखेकी छिन् । अध्यक्ष ओलीले नै स्पष्ट जनाउ दिने विचार राखेपछि भण्डारीलाई सम्भावित सर्वसम्मत अध्यक्षका रूपमा अथ्र्याएर नेताहरूले पार्टीभित्र अघोषित आन्तरिक बहस चलाइरहेका छन् । आगामी एघारौँ महाधिवेशन २०८३ भित्र आयोजना हुने भएकाले अहिल्यै नै नीति र नेतृत्वको बहस एमालेपंक्तिमा खुला भइसकेको छैन । तर, महाधिवेशन केन्द्रित नेताहरूका गतिविधिमा भण्डारी जोडिन थालेकी छिन् ।

भण्डारी सक्रिय राजनीतिमा फर्कने जनाउमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा सक्रियता प्रमुख छ । यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका बहुसंख्यक पदाधिकारीहरूको उनको निवासमा बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाट पनि चलिरहेको छ ।

एमालेका कतिपय नेताहरूको बुझाइमा केही राजनीतिक कारणले पनि भण्डारी अध्यक्ष हुने आधार सहज छ । ती नेताहरूका अनुसार अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज छैन, यस्तोमा उनी उत्तम विकल्प हुन सक्छिन् । त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादीलाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका लागि भण्डारीको व्यक्तित्व सहज हुन सक्ने ती नेताहरूको ठम्याइ छ । पार्टीको आन्तरिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा भण्डारीको उपस्थितिले पनि उनी छिट्टै सक्रिय राजनीतिमा आउने योजनामा रहेको पार्टीपंक्तिको बुझाइलाई बल पुगेको छ ।

तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले दुईपटक राष्ट्रपति निर्वाचित भएर सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिन् । पार्टीसम्बद्ध नेता–कार्यकर्ता, शुभेच्छुक र सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेटघाटमा भण्डारीले तत्काल राजनीतिमा फर्किने सोच नभए पनि तत्कालीन आवश्यकताले नै सबै निर्धारण गर्ने बताएर विकलप खुला रहेको जनाउ दिँदै आएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारी मात्र होइन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सक्रिय राजनीतिमा फर्किसकेका छन् । दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई प्रमुख प्रतिपक्ष दल माओवादीले उपाध्यक्ष बनाउने गृहकार्य थालेको छ । युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई पार्टीमा फर्काउन माओवादीले विधान संशोधनको समेत तयारी गरेको छ । पुन आफैँले पार्टीमा फर्किएर काम गर्न तयार रहेको रुचि राखेका छन् । पुनसहितका नेतालाई पदाधिकारीमा फर्काउन विधान संशोधन मस्यौदा तयार पारिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले पदाधिकारी संख्या बढाउने गरी मस्यौदा तयार पारेको थियो ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि पुन २०७२ कात्तिक १४ मा पहिलोपटक उपराष्ट्रपति निर्वाचित भएका थिए । उनी २०७४ को निर्वाचनपछि दोस्रोे कार्यकाल पनि उपराष्ट्रपतिमा दोहोरिए । पहिलोपटक संक्रमणकालीन अवस्था भएकाले थोरै कार्यकाल सम्हालेका पुनले दोस्रोपटक भने पाँच वर्ष कार्यकाल सम्हाले । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ । पार्टी, नेतृत्व र स्वयं पुनको चाहना र सोचले उनी सक्रिय राजनीतिमा फर्किन चाहेको नेताहरू बताउँछन् । पुन प्रचण्डका विश्वास पात्रमध्येका एक हुन् । पुन उपराष्ट्रपति हुनुअघि पार्टीको स्थायी समिति सदस्य थिए । उनी माओवादी जनसेना पूर्वकमान्डरसमेत हुन् ।

Previous Post

‘सिजोफ्रेनिया’ एक दीर्घकालीन मानसिक स्वास्थ्य अवस्था

Next Post

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

सम्बन्धित खबर

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ बैशाख २०८३,
Load More
Next Post
बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In