नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ।
शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन्।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन्। त्यस्तै देवीप्रसाद सापकोटास्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन्।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन्।
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुनेछ।
यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन्।