• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के हो आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ ? उपचार संभव छ ?

by
२७ मंसिर २०८१,
0
के हो आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ ? उपचार संभव छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उनी भन्छिन्, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला !”

आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ । “पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ”, तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापित भन्छिन्, “रेटिनोब्लाष्टोमाको समयमा उपचार नहुँदा आँखाको ज्योतिमात्र गुम्दैन यसले बालबालिकाको मृत्युको जोखिमसमेत बढाउछ ।”

प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्न सके यो रोग फैलिनबाट बचाउन सकिने उनको भनाइ छ । “आँखामा ट्युमर विकास हुनुअघि नै यसको पहिचान हुनुपर्छ । यसबारे अभिभावक सुरुदेखि नै सचेत हुनुपर्छ ”, डा स्थापितको सुझाव छ ।

विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमाको समस्या हुने गर्छ । धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यो समस्या देखिने गरेको चिकित्सहरूले बताउने गरेका छन् । डेढ वर्षको उमेर समूहका बालबालिकामा यो समस्या बढि देखिने गरेको डा स्थापितले जानकारी दिइन् । उनका अनुसार तिलगंगा आखाँ प्रतिष्ठानमा मात्रै वार्षिक ५० जना यस्ता नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये मधेश प्रदेशका सिरहा र सर्लाहीबाट आउने बिरामी धेरै छन् । “नेपालमा आँखा परीक्षण गर्ने चलन छैन । कतिपय बालबालिकालाई जन्मदै आँखामा यो समस्या हुन सक्छ । त्यसैले समयमै आफ्नो बालबालिको आँखा स्वास्थ्यबारे ख्याल गरौँ”, डा स्थापित भन्छिन् ।

विकशित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।

उपचार के हो ?

रेटिनोब्लास्टोमाको उपचार शल्यक्रियाबाट हुन्छ । डा स्थापितले शल्यक्रियाबाट ट्युमरको उपचारका साथै अवस्थाअनुसार किमो थेरापी र रेडियसन पनि आवश्यक हुने बताइन् । शल्यक्रियाबाट नक्कली आँखा प्रत्यारोपणसमेत गर्ने गरिएको उनले जानकारी दिइन् ।

“आँखा र दृष्टि दुवै बचाउनका लागि समयमा पहिचान हुनु अनिवार्य छ, अस्पताल छिटो आउनुपर्‍यो । रोग लागिसकेपछि लेजर पद्धतिबाट शल्यक्रिया गरिन्छ । यसको उपचार लगातार दुई तीन वर्षसम्म गरिरहनुपर्ने हुन्छ”, डा स्थापितले भनिन्।

यस रोगबारे पर्याप्त जनचेतना नहुनु र कमजोर आर्थिक अवस्थाका कारण पनि बिरामीले समयमै पहिचान र उपचार पाउन नसकेको नेत्र रोग विशेषज्ञहरू बताउँछन् ।

Previous Post

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

Next Post

मानव बेचबिखनमा वृद्धि : राष्ट्रसंघ

सम्बन्धित खबर

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
Load More
Next Post
मानव बेचबिखनमा वृद्धि : राष्ट्रसंघ

मानव बेचबिखनमा वृद्धि : राष्ट्रसंघ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In