• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

by
२१ मंसिर २०८१,
0
प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली – गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।

आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती पिलिगार्ग, कुन्छा–कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। निर्माण सुरु भएर लामो समयसम्म अलपत्र परेका ती सडक आयोजनालाई समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको उनले बताए।

उनले भने यो, ‘ती सडक योजना समयमै सम्पन्न भएनन् । त्यहीकारण यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राखी निर्माण सम्पन्न गराउन लागिपरेका छौँ । सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ ।’

आँबुखैरेनी–छिम्केश्वरी सडकको १६ किलोमिटर कालोपत्रको काम २०७६ साल मङ्सिर ६ गतेदेखि सुरु भएको थियो । उक्त सडकको म्याद २०८१ साल असोज २० गते सकिएको छ । उक्त खण्डमा हालसम्म आठ किलोमिटर कालोपत्र सकिएको छभने बाँकी काम हुनसकेको छैन ।

५१ करोड ८४ लाख ९० हजार छ सय ९० लागत अनुमान गरिएको उक्त सडकको ठेक्का ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा लागेको थियो । सडक स्तरोन्नतिको ठेक्का एमएस शर्मा काष्ठमण्डप जेभीले पाएको थियो ।

प्रमुख तिवारीका अनुसार निर्माण व्यवसायीलाई हालसम्म  ३० करोड दुई लाख एक हजार आठ सय ६२ भुक्तानी भएको छभने छ करोड तीन लाख ४८ हजार छ सय ५२ भुक्तानी बाँकी छ । चालु आर्थिक वर्षमा सडकका लागि एक करोड ५० लाख विनियोजन भएको छ ।

त्यस्तै भानुमार्ग चन्द्रावती पिलिगार्ग कुन्छा कालीमाटी सडकको स्तरोन्नति २०७६ साल कात्तिक ४ गते सुरु भएको थियो । उक्त सडकको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको तिवारीले बताए।

दश दशमलव १२ किलोमिटर खण्ड स्तरोन्नतिमध्ये आठ किलोमिटरमा मात्रै प्रगति भएको छ । उक्त खण्ड स्तरोन्नतिका लागि २३ करोड दुई लाख ८० हजार छ सय ६१ मा सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नतिको काम एमएस शंकरमाली निर्माण सेवाले पाएको छ ।

तिवारीका अनुसार हालसम्म रू छ करोड ९५ लाख २६ हजार छ सय ४० भुक्तानी भएको छ । चालु आर्थिक वर्षमा रू दुई करोड बजेट विनियोजन भएको तिवारीले जानकारी दिए । यस्तै, एमएस शंकरमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा–हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो ।

 सडक निर्माणको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको छ । उक्त सडकमा हालसम्म १० करोड ५८ लाख ८४ हजार पाँच सय नौ भुक्तानी भएको र चालु आर्थिक वर्षका लागि दुई करोड विनियोजन भएको प्रमुख तिवारीले जानकारी दिए।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीयवासी चिन्तित छन् ।

Previous Post

आजको लागि विदेशी मुद्राको विनिमय दर

Next Post

आज भुटानी राजा नेपाल आउँदै, बौद्धनाथ र स्वयम्भू दर्शन गर्ने

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
आज भुटानी राजा नेपाल आउँदै, बौद्धनाथ र स्वयम्भू दर्शन गर्ने

आज भुटानी राजा नेपाल आउँदै, बौद्धनाथ र स्वयम्भू दर्शन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In