• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राम्रा ब्यानरका फिल्म दशैँमा रिलिज गर्ने ‘दाउ’मा निर्माता

by
१८ मंसिर २०८१,
0
राम्रा ब्यानरका फिल्म दशैँमा रिलिज गर्ने ‘दाउ’मा निर्माता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– दशैँको अवसर पारेर फिल्म रिलिजको मिति तोक्नु नेपाली फिल्म निर्माताको पुरानै रोग हो । अरु समयका तुलनामा दशैँको बेला रिलिज गरिएका फिल्मले व्यापार पनि स्वभाविक रुपमा बढी गर्ने भएकाले निर्माताहरु दशैँमा फिल्म रिलिज गर्न तँछाडमछाड गर्छन् ।

दशैँमा सार्वजनिक विदा पनि धेरै हुने र चाडबाडका बेला दर्शक पनि हलसम्म आउने कारण ठूला मेकरहरु दशैँकै अवसर पारेर आफ्ना फिल्म रिलिज गर्छन् ।

दीपकराज गिरीको टिमले आफ्ना प्रायः फिल्म दशैँको अवसरमा नै रिलिज गर्ने गर्छन् भने अन्य मेकर पनि त्यही समयको प्रतीक्षामा हुन्छन् । यसपालिको दशैँमा पनि नेपाली फिल्मको महाभिडन्त भएको थियो । तर, ती फिल्मले व्यापार भने राम्रो गरेका थिए ।

यसपालिको दशैँमा रिलिज भएका ‘छक्का पञ्जा ५’, ‘बाह्र गाउँ’ र ‘बेहुली फ्रम मेघौली’ ले राम्रो व्यापार गरे भने दशैँमै रिलिजमा आएको फिल्म ‘ज्वाइँ साब’ ले पनि लगानी सुरक्षित गर्‍यो ।

दशैँपछि तिहारको अवसरमा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिलेसम्म पनि आक्रामक व्यापार गरिरहेको छ । यता प्रदर्शनरत केही फिल्मले केही हलमा ५१ औँ दिन मनाउने देखिएको छ ।

ह्याङओभर सकिन नपाउँदै निर्माताले आगामी दशैँलाई टार्गेट गरेर नयाँ फिल्मको घोषणा गरेका छन् । मेकरले एकपछि अर्को फिल्म निर्माणको घोषणा गर्दै गर्दा अर्को वर्ष पनि फिल्म हलमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

केही दिनअघि निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’ को निर्माण गर्ने घोषणा गर्दै उक्त फिल्म दशैँको अवसरमा रिलिज हुने बताए । यो फिल्मको कुनै तयारी नभए पनि आगामी वर्षको फूलपातीमा रिलिज हुने उनको दाबी छ । यस्तै दशैँको अवसर पारेर अर्को फिल्म ‘परालको आगो’ को पनि घोषणा गरिएको छ ।

सुहाना थापाको शीर्ष भूमिका रहने भनिएको यो फिल्म शूटिङमा पनि गएको छैन । तर, रिलिज मिति घोषणा भइसकेको छ ।

यसअघि नै विराज भट्टले आगामी दशैँमा अर्को फिल्म निर्माणको घोषणा गरेका छन् । त्यस्तै अर्का निर्देशक प्रदीप भट्टराईले पनि आफ्नो आगामी फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका छन् । उनी मात्र होइन, निर्माता अशोक शर्माले पनि दशैँलाई नै टार्गेट गरेर नयाँ फिल्म घोषणा गर्ने पनि फिल्मवृत्तमा चर्चा छ ।

त्यस्तै निर्माता तथा निर्देशक सन्तोष सेनले पनि आगामी दशैँमा रिलिज गर्ने गरी आफ्नो फिल्म ‘बलिदान’ को तयारी थालेका छन् । अझ रमाइलो कुरा त के छ भने दशैँको अवसर पारेर अझै कैयन् निर्माता तथा निर्देशकले फिल्मको मिति तोक्ने निश्चित छ । त्यसो त दशैँका लागि भन्दै रिलिज मिति तोक्ने तर विविध कारण देखाउँदै फिल्मको रिलिज मिति नै सार्ने पनि गरिएको छ ।

यस हिसाबले हेर्दा कतिपय फिल्म निर्माताले आफ्नो रिलिज मितिमा फेरबदल गर्ने सम्भावना पनि छ । तर, जति पनि मेकरले अहिले दशैँका लागि मिति तोकेका छन् । उनीहरु नेपालका चल्तीका निर्माता हुन् भने उनीहरुले दर्शकको साथ पनि पाउँदै आएका छन् । यस कारण कुन फिल्म दशैँको ‘महाभिडन्त’ बाट पछि हट्छ भन्ने अहिले नै अनुमान गर्न सकिने अवस्था छैन ।

Previous Post

अष्ट्रेलियामा अब १६ वर्ष मुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

Next Post

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In