• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित

by
१२ मंसिर २०८१,
0
बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।

बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । पाँचबुँदे ज्ञापनपत्रमार्फत बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको जनाउँदै मृतकका परिवारलाई उपयुक्त घरबासको प्रबन्ध गर्न माग गरेका हुन् ।

भूगर्भविद्को प्राविधिक अध्ययन गराएर स्थायी रूपमा पहिरो नियन्त्रणको व्यवस्था गर्नुपर्ने र बालीनाली लगाउन नहुने गरी पहिरोले पुरिएको बारीलाई पूर्वअवस्थामा ल्याउन गाउँपालिकाबाट सहयोगको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई बुझाएका छन् । साथै पीडितले जाडोयाममा बसोबास तथा स्थायी पुनर्वासमासमेत पहल गरिदिन आग्रह गरेका हुन् ।

दुई महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति भएको थियो । बाढीपहिरोमा परी छ दर्जनभन्दा बढीले ज्यान गुमाए भने सयौँ परिवार घरबारविहीन अवस्थामा पुगे । ज्यान गुमाउनेको परिवारले सरकारद्वारा प्रदान गरिएको राहत रकम पाए भने जिल्लाका हजारौँ पीडित परिवार दुई महिनादेखि राहतको पर्खाइमा बसिरहेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको अवस्थामा छन् ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले जिल्लाको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको यकीन विवरण तयार गरेको छैन । सोही कारणले सरकारले दिन लागेको अल्पकालीन राहत रकम प्रदान गर्न सकिएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक अन्तिमसाता बाढीपहिरोले जनधनको क्षति पु¥याएकोबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

समितिले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिँदै क्षतिको पूर्ण विवरण उपलब्ध गराउन भनेको थियो । विवरण उपलब्ध नगराउँदा तत्कालीन राहत तथा पुनर्वासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको समितिले जनाएको छ ।

प्रधिकरणको वेभसाइटमा ‘क्षतिको पूर्ण विवरण इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार स्थानीय तहले उक्त विवरण पठाइसकेपछि मात्रै तल्कालीन राहत तथा पुनर्वासको कार्यक्रम सुरु हुनेछ ।

जाडोयाम सुरु भइसकेकाले बाढीपहिरो पीडितलाई थप कष्ट हुने भन्दै तत्काल क्षतिको विवरण पठाउन भनिएको पौडेलले बताए । समितिको पटकपटकको बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्नबाली तथा जग्गा जमिन वा पसल ब्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा २० हजारका दरले नगद जिल्ला विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिसकिएको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । “स्थानीय तहलाई क्षतिको पूर्ण विवरण उपलब्ध गराउन पटक–पटक अनुरोधसहित पत्राचार गरेका छौँ”, उनले भने ।

उनका अनुसार सरकारले प्रारम्भिक क्षतिका आधारमा वर्गीकरण गरी पठाएको स्थानीय तहस्तरको अनुदान भने कार्यालयले गत कात्तिक १४ गते सम्बन्धित निकायमा पठाइसकेको छ । प्राधिकरणको पत्रसहित सङ्घीय सरकारबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये ११ तहमा नौ करोड २५ लाख अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । यस्तै केन्द्रीय सरकारका तर्फबाट ज्यान गुमाएका परिवारलाई यसअघि प्राप्त दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ ।

यसैबीच नमोबुद्ध नगरपालिकाको आठ सय ४५ बाढीपहिरो पीडितलाई संयक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्राप्त सहयोग रकमबाट राहत वितरण गरिएको छ । युनिसेफले नगरलाई एकमुष्ठ रूपमा उपलब्ध गराएको एक करोड ५० लाख ४० हजार पाँच सयबाट नगरले वडागत आधारमा पीडित परिवारलाई प्रदान गरेको जनाएको छ ।

नगरप्रमुख कुन्साङ लामाले युनिसेफबाट प्राप्त आर्थिक सहयोगबाट सबै वडाका विपद् प्रभावितलाई राहत रकम प्रदान गरिएको बताए । नगरका चार सय ५३ प्रतिपरिवारले १५ हजार तथा तीन सय ९२ परिवारले २० हजारका दरले राहत पाउन पाएका नगरप्रमुख लामाले जानकारी दिए ।

युनिसेफबाट यस राहत रकम प्राप्त गर्ने परिवारले सङ्घीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार) भने पाउने छैनन् । बाढीपहिरोले नगरका पाँच सय ३० घर पूर्ण र तीन सय १५ घर आंशिक रूपमा क्षति भएका थिए । नगर कार्यालयका अनुसार बाढीपहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएका छन् ।

यस्तै बाढीपहिरोले नगरको एक विद्यालय पूर्ण र ४७ विद्यालयमा आंशिक क्षति पुगेको छ भने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको छ । युनिसेफले यसअघि जिल्लाको बेथानचोक गाउँपालिकाको दुई वडाका दुई ६९ र मण्डनदेउपुर नगरपालिकाका नौ सय परिवारलाई राहत प्रदान गरिसकेको छ ।

बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्वास एवं आवास निर्माण गर्न यकीन तथ्याङ्क सङ्कलनमा लागेको जनाएका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । बाढीपहिरोले कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत् क्षेत्रमा क्षति पु¥याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको थियो ।

घटनाको दुई महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको छैन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तेह्र स्थानीय तहमध्ये कुनमा कति क्षति भयो भन्ने आधिकारिक विवरण जिल्लास्थित कुनै पनि सरकारी निकायसँग छैन ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका जनाइएको छ ।

Previous Post

संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा

Next Post

इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै

इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In