• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

by
७ मंसिर २०८१,
0
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

module: a; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 138.0; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए ।

टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्किएनन् । “अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी”, उनी भन्छन्, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।”

अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्, “अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।”

२० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौंँ बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ । उक्त जग्गा खाली गराउन क्याम्पसले पटक–पटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा नौ वटा शिविर छन् । शिविरमा पाँच हजार घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ करिब २० हजार जनसङ्ख्या रहेको अनुमान छ ।

यहाँ मुक्तकमैया सुकुम्वासी मात्रै नभइ तत्कालीन टीकापुर विकास समितिका कर्मचारी पनि उचित व्यवस्थापनको आशामा यहीँ बसोबास गर्दै आएका छन् । “मैले विकास समितिमार्फत आठ वर्ष कमैया काम गरेँ । त्यो बेला उचित बसोबाससहित कम्तीमा एक बिघा जग्गा दिनेसम्म कुरा थियो”, भूपु कमैया शिविरमा बस्दै आएका घनश्याम चौधरीले भने, “आज न विकास समितिको जागिर छ, न खान बस्नलाई बास गाँस ।”

भूपु कमैया शिविरमा बस्दै आउनुभएका कुलुराम चौधरी ६८ वर्षको पुगो । जीवनको उर्जावान समय टीकापुर विकास समितिमा बिताएका कुलुराम अहिले शिविरमै बस्छन् । उनी हाल अरुको सहारामा छन् ।

टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ । यहाँका नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन् । विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ ।

“जहाँबाट आश्वासन आउँछ, त्यहाँ आशा पनि हुन्छ । हिजो शिविर बस्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका राजनीतिक दलले आज जग्गा दिने कुरा गर्छन् कि भनेर सबैका सभामा पुग्ने गरेका छौँ”, विशालनगर शिविरमा बस्दै आएकी सुनिता चौधरी भन्छिन्, “आश्वासन आज पनि त्यही छ । जग्गा पाउनुपर्छ र पाइन्छ भन्ने । कहिले पाइने हो भन्ने टुङ्गो छैन ।”

Previous Post

विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

Next Post

पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै

पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In