• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बीआरआईमा विवाद: काँग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा !

by
६ मंसिर २०८१,
0
बीआरआईमा विवाद: काँग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा पेचिलो बन्दै गएको छ । सत्तारुढ दल कांग्रेस र एमालेबीच बीआरआईका विषयमा एकमत नभएपछि यो विषय पेचिलो बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन् । प्रधानमन्त्री ओली र सत्तारुढ दल एमाले बीआरआई परियोजनाको कार्यान्वयनमा हस्ताक्षर गर्नेगरी चीन जानुपर्ने निष्कर्षमा छ । तर, नेपाली कांग्रेसले भने बीआरआई ऋणमा होइन अनुदानमा हुनुपर्ने स्पष्ट अडानमा रहेको छ ।

मंगलबार र बुधबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसै विषयमा गहन छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति देउवाले कुनै पनि हालतमा ऋणमा बीआरआई स्वीकार गर्न नहुने अडानमा रहेका थिए । साथै देउवाले चीन सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयन बारे कुरा उठाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताइएको छ ।

साथै कांग्रेस सभापति देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न आग्रह गर्दै सो ऋणले देश नै अप्ठ्यारोमा परेको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सभापति देउवाले कांग्रेसबाट बीआरआई बारे समान धारणा बाहिर लैजान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि प्रधानमन्त्रीसँगको छलफलमा सामेल गराएका थिए । कांग्रेसले बीआरआई अनुदानमा गर्नुपर्ने स्पष्ट अडान लिएपछि कांग्रेस-एमालेको सहकार्यमा समेत प्रश्न उठ्नसक्ने अनुमान गरिएको छ ।

अर्कोतर्फ एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान जसरी पनि बीआरआईमा सम्झौता गर्ने अडान लिदै आएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको प्रमुख एजेन्डानै बीआरआई परियोजनाको सम्झौतालाई बनाएको देखिएको छ ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआई परियोजना ऋणमा भएपनि सम्झौता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । उनले सबै कुरा सित्तैमा मात्र खोज्न नहुने भन्दै कांग्रेसप्रति कटाक्षसमेत गरेका थिए ।

विसं २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआई परियोजनाको मोडालिटीलगायत विषयमा गहन छलफल गर्नुपर्ने भन्दै तत्काल कार्यान्वयन गर्न नसकिने जवाफ दिएका थिए ।

कांग्रेसले अहिले परियोजनाको मोडालिटी भन्दा पनि ऋणमा होइन अनुदानमा स्वीकार गर्ने स्पष्ट अडान लिएको देखिएको छ ।

बुधवार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन सम्झौता गर्नुअघि विगतमा भएका सहमतिअनुसारका कार्यक्रम र योजनाहरू सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको बताएका थिए । उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको स्वीकार गर्दै आफूहरूले यो विवादलाई मिलाउने बताएका थिए ।

उनले भने,‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समयपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर कांग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमति छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरू हुनुहुन्छ, ए ढल्यो, ढल्यो भनेर लेखिदिनुहुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ, हामीले यो क्षमता राख्न सक्नुपर्छ । हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा पनि हाम्रा कतिपय विषयहरूमा भिन्न एप्रोचहरू छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ ।’

Previous Post

आजदेखि फिल्म साउथ एसिया महोत्सव

Next Post

सिनामंगलबाट सर्ने भो हवाई इन्धन डिपो, गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा बनाइने

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
सिनामंगलबाट सर्ने भो हवाई इन्धन डिपो, गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा बनाइने

सिनामंगलबाट सर्ने भो हवाई इन्धन डिपो, गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा बनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In