• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिनामंगलबाट सर्ने भो हवाई इन्धन डिपो, गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा बनाइने

by
६ मंसिर २०८१,
0
सिनामंगलबाट सर्ने भो हवाई इन्धन डिपो, गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा बनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सर्ने भएको छ । घना मानव बस्तीका कारण सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेवैमा रहेको करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो हटाउन लागिएको हो ।

आयल निगमले नेपाल नागरिक उड्ययन प्राधिकरणले उपलब्ध गराएको विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गुह्येश्वरीतर्फको ५० रोपनी जग्गामा इन्धन डिपो निर्माण गर्ने भएको छ ।

बुधबार एक कार्यक्रमका बिच हवाई इन्धन डिपो सिनामंगलले त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकलाई इन्धन डिपो स्थानान्तरण सम्बन्धी डिपिआर तयार गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदीपकुमार यादव र पुल्चोक इन्जिनियरिङ क्याम्पस कन्सलटेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

समयसँगै इन्धनको माग पनि बढ्दो अवस्था रहेको, तर भण्डारण क्षमता र विस्तार गर्ने क्षेत्र नहुँदा डिपो सार्ने अवस्थामा पुगेको नेपाल इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर यादवले बताए । ‘विमानस्थल सुरक्षाको मापदण्ड दिनप्रतिदिन बढ्दै गएको छ । तर ५० वर्ष पहिले बनेको यस इन्धन डिपोले त्यो सुरक्षा मापदण्ड पूरा गर्न सक्ने अवस्था छैन,’ उनले थपे, ‘केही वर्षअघिसम्म यस इन्धन डिपोमा भण्डारण भएको तेलले पर्याप्त हुन्थ्यो ।

तेलको अभाव थिएन, तर पछिल्लो समय हामीलाई तेलको माग धान्न धौधौ पर्ने हुन्छ । त्यसको मुख्य कारण भनेको पर्याप्त भण्डारण क्षमता नहुनु हो । त्यसलाई मध्यनजर गरेर हामीले इन्धन डिपो सार्ने निधो गरेका हौँ ।’ उनले आफूहरुले विभिन्न कारणले डिपो सार्न नखोजे पनि विमानस्थल विस्तारका लागि सार्नैपर्नै भएको बताए ।

डिपो प्रमुख यादवका अनुसार डीपीआर गर्न ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च एक करोड ९८ लाख रुपैयाँ बिनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषय अघि बढेको हो । डिपो निर्माणका लागि करिब ६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । २०८४ मंसिरमा डिपोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

‘विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने प्यारालल ट्याक्सी वे निर्माण गर्न लागेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र प्राधिकरणको गुरुयोजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको हुँदा डिपो सार्नुपर्ने अवस्था आएको हो ।’

इन्जिनियर यादवले सम्झौताअनुरुप इन्जिनियरिङ क्याम्पस मातहतको कन्सल्टेन्सी विभागले ६ महिनाभित्र डिपिआर बुझाउने बताए । उक्त डिपिआरका आधारमा २०८४ मंसिरभित्र संरचना बनाइसक्ने इन्जिनियर यादवले प्रतिबद्धता जनाए । ‘हामी २०८४ को मंसिरभित्र नयाँ संरचना बनाइसक्छौँ । त्यो भनेको अधिकतम समय हो । म प्रोजेक्ट चलाएर आएको व्यक्ति हुँ । उस्तै पर्यो भने यो प्रोजेक्ट दुई वर्षमै सक्ने मेरो ल्याकत छ,’ उनले भने ।

इन्धन डिपो सिनामंगलले स्थानान्तरण गर्न लागेको डिपोबाट हाइड्रेन्ट प्रविधिबाट विमानमा इन्धन भर्ने प्रविधि जडान गर्ने जनाएको छ । यसअघि डिपोबाट ट्याङ्करमा तेल भरेर विमानमा लगेर हाल्ने चलन भए पनि नयाँ स्थानमा बनाइने डिपोबाट हाइड्रेन्ट प्रविधिबाट सिधै विमानमा तेल भरिने हवाई इन्धन डिपोका इन्जिनियर अनुपम पराजुलीले बताए ।

क्षेत्रफल अभावमा संरचना विस्तारमा समस्या भए पनि नयाँ स्थानमा संरचना निर्माणका लागि पर्याप्त हुने इन्धन डिपोले जनाएको छ । नयाँ ठाउँमा स्थानान्तरण हुन लागेको डिपोको क्षमता हालतको डिपोको क्षमताभन्दा करिब दोब्बर हुने बताइएको छ। इन्जिनियर पराजुलीका अनुसार अहिलेको डिपोको भण्डारण क्षमता ७६ सय ६० किलोलिटर भए पनि नयाँ डिपोको भण्डारण क्षमता १५ हजार किलोलिटर हुनेछ ।

सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानअनुसार विमानस्थलको उत्तर पश्चिमको गुहेश्वरीस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ । मास्टर प्लानअनुसार डिपो त्यही सार्न करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको हो ।

Previous Post

बीआरआईमा विवाद: काँग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा !

Next Post

युक्रेनले लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि रूसद्वारा आणविक हतियारको चेतावनी

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
युक्रेनले लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि रूसद्वारा आणविक हतियारको चेतावनी

युक्रेनले लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि रूसद्वारा आणविक हतियारको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In