काठमाडौँ— अमेरिकी कलाकार मार्क नाफजिगरले नेपालमा माटोको भाँडाकुँडा बनाउने व्यवहारिक ज्ञान लिएका छन् ।
यसको लागि अमेरिकी आर्ट्स एन्भोय कार्यक्रमअन्तर्गत कलाकार मार्क नाफजिगर सहितको कलाकारले भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरमा गएर व्यवहारिक ज्ञान हासिल गरेका हुन् ।
त्यहाँ उनीहरुले परम्परागत माटोको भाँडाकुँडा बनाउने प्रविधि र पकाउने प्रक्रिया नजिकबाट अनुभव गर्दै सिप सिकेका थिए ।
यस अनुभवले पुराना परम्पराहरू र आधुनिक कलाबीचको संयोजनबारे आवश्यक छलफलको सुरुवात भएको बताइएको छ ।













