• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छोरालाई पहिलो जन्म दिन को शुभकामना

by
२३ भदौ २०७९,
0
छोरालाई पहिलो जन्म दिन को शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जति छोराछोरी पाउनुको महत्त्व छ त्यति नै महत्त्व छ बुवा आमा हुन पाउनु को , सबैभन्दा पहिला त मेरो सन्तानलाई धन्यवाद दिन चाहन्छु, मलाई बुवा र कल्पनालाई आमा बन्ने र कहलिने अवसर दिएको मा ।
आज छोरो १ वर्ष पुगेको छ । ह्याप्पी वर्थ डे छोरा भनेर लेखेर मलाई शर्टकटमा मेरो सदभावनाहरु टुङ्गो लगाउन पनि छैन । मेरो छोरा साधकको पहिलो जन्म दिनमा म शब्दहरू मार्फत केही लेख्न जाँदै छु, उसले अक्षर चिनेपछि पढ्न पनि पाओस्, बुझ्न पनि पाओस् ।
बेबी साबर गरेर ब्वाई या गर्ल कल्चर गर्न मन लागेन, मैले र कल्पनाले जेन्डर डिटरमाइन नगरीकनै आफ्नो सन्तानलाई सहृदय स्वागत गर्ने तयारी गरेका थियौँ ।
मेरो जीवनको विसं २०७८ साल भाद्र २३ गते भन्दा अगाडिका समय एक अध्याय अनि त्यसपछिका अहिलेसम्मका एक वर्ष अर्को अध्याय, एक वर्षमा मैले अहिले सम्म नबाँचेको एउटा अध्याय बाँचे ।
रातीको अनिदो, समयमयको अस्पतालको दौड, खोप, ज्वरो, डाइपर, बच्चाहरूको खाना, कपडा, न्वारन, पास्नी लगायत अन्य थुप्रै कुराहरू यस वर्ष भरि भइनै रहे ।
छोराले पहिलो पटक बोलेको आवाज कुनै शंखध्वनी भन्दा कम पवित्र लागेन, उसका आची सोहोर्न कहिल्यै घिन लागेन, उसका हाँसोमा सबै मेरा पीडाहरूले एक पलका लागि बिदा मागे जस्तो लाग्यो, म छोरा भित्र नै हराउन थाले ।
साधक, एउटा गहिरो विषय र विशेषणको नाम राख्यौँ, म चाहन्छु उसले नाम अनुसारको चिन्तन गरोस्, गर्ने मौका पाओस् ।
साधक आज एक वर्ष भयो, समयको चक्र रोकिने वाला छैन, वर्षहरू खप्टिँदै जानेछन्, उ एक दिन ठुलो हुनेछ, बुझ्ने हुनेछ अनि चेतनशील हुनेछ ।
म उसलाई करियर, पैसा, सम्पत्ति आदिको भार दिन चाहन्न, उसको सपना उ आफैँले देखोस् । जीवनलाई दौडका रूपमा परिभाषित गर्दै उसलाई प्रतिस्पर्धा र पैसाको रेसमा कुदाउने पटक्कै इच्छा छैन । जीवनलाई जीवनजस्तो गरी बाँच्न सक्ने होस्, आफ्नो लागि आफै सपना देखोस्, सङ्घर्ष गरोस् अनि पुरा भएका सपनाहरूको खातमा बसेर मेरो छोराले सुस्केरा लिओस् ।
हामी आमाबुवाले आफ्नो जीवनमा पुरा गर्न नसकेका सपनाहरूलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने प्राचीन पौराणिक चलन छ तर म यसलाई तोड्न चाहन्छु । जीवन रिले दौड हैन, मेरो छोराले आफ्नो लागि अलग्गै, पृथक् र पर्सनल सपनाका रुख रेखा तयार गरोस्, उसलाई गर्न मन लागेको र गर्न जानेको कुरा गरोस्, साधक सार्थक रूपमा अघि बढोस् ।
उसले जीवन बाँच्न र सुख सयलका लागि झुटो बोल्न नपरोस्, सम्पत्ति जोड्नका लागि देश बेच्न नपरोस् अनि आशक्त भएर जीवनभर आफ्नो सपना र चाहनाको दास बन्न नपरोस् । मेरो सन्तान कुनै विशेष प्रतिभा भएर रातारात भाइरल होस् भन्ने म चाहन्न, उ सकेसम्म औसत र सामान्य होस्, उसलाई उसको ज्ञान र चिन्तनले अरूभन्दा फरक बनाओस् । उसले अरूको मान राख्न सिकोस्, स्वाभिमानको अर्थ बुझोस्, देशलाई माया गरोस्। महिलाहरूको थप इज्जत गर्न जानोस्, उसको बोलीमा सरस्वती बसुन्, उसका औँलामा सरस्वती बसुन् ।
साधक तिमीलाई जन्म दिनको हार्दिक शुभकामना । यो तिम्रो पहिलो जन्मदिन हो, हामी बाचुन्जेल तिम्रा हरेक जन्म दिनमा साथ रहनेछौँ ।

Tags: छोराजन्मदिनसन्तानसाधक
Previous Post

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र – सुनिता डंगोल उपप्रमुख, काठमाडौं महानगरपालिका

Next Post

(क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ

सम्बन्धित खबर

पचासी वर्षमा संसार देखेपछि…
आवाज

पचासी वर्षमा संसार देखेपछि…

१२ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
दासत्व पीडितहरूको स्मृति दिवस आज
अन्तर्राष्ट्रिय

दासत्व पीडितहरूको स्मृति दिवस आज

११ चैत्र २०८२,
आवाज

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

११ चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
Load More
Next Post
(क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ

(क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In