• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौंका होस्टेल अब महानगरको अधीनमा

by
२० कार्तिक २०८१,
0
काठमाडौंका होस्टेल अब महानगरको अधीनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावास  (होस्टेल) लाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ। छात्रावास सञ्चालनलाई व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन तथा छात्रावासभित्र बस्ने छात्रछात्राको हितलाई सुनिश्चित गराउन महानगरपालिकाले यस्तो निर्देशन दिएको हो।

विगतमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर महानगरपालिकाभित्रको वडामा मात्रै दर्ता हुने गरेका छात्रावासलाई महानगरपालिकाको शिक्षा विभागले आफू मातहत ल्याउन लागेको हो।

गत वर्ष काठमाडौँ महानगरपालिकाले छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको थियो। उक्त मापदण्डमा छात्रावास सञ्चालनका लागि न्यूनतम सर्त पनि तोकिएको छ तर अहिलेसम्म महानगरपालिकाभित्र कति वटा छात्रावास सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन।

महानगरपालिकाले बनाएको मापदण्डको दफा ३ मा छात्रावास सञ्चालनका लागि महानगरपालिकाको शिक्षा विभागबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था पनि छ। साथै सोही मापदण्डको दफा ८ मा महानगरपालिकाको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरीक्षण गरी मापदण्ड पूरा हुने अवस्था देखिएमा मात्रै अनुमति दिने व्यवस्था छ।

कार्यविधिले तोकेको मापदण्ड पूरा गर्ने छात्रावासलाई मात्रै सञ्चालन अनुमति दिने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले बताए। विगतमा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर सञ्चालनमा रहेका भए पनि आफूले बनाएको मापदण्ड पूरा गर्न नसक्ने छात्रावासलाई अब भने सञ्चालन अनुमति नदिने महानगरपालिकाले जनाएको छ।

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्रावास सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्रसहित कागजातसहित दर्ता प्रक्रियामा जानु पर्छ। आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

तोकिएको मापदण्ड पूरा गरेको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिने छ । छात्रावासभित्र शौचालय, भान्साघर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज, टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्ने छ।

मापदण्डमा आगलागी जस्ता सम्भावित विपत् व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरण, सिसिटिभीमार्फत निगरानी हुनुपर्ने छ भने हुलदङ्गा तथा प्रदूषण हुने ठाउँमा छात्रावास राख्न पाइने छैन।

Previous Post

निषेधित क्षेत्र तोडेको आरोपमा रवि लामिछानेका ७ कार्यकर्ता पक्राउ

Next Post

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

सम्बन्धित खबर

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
Load More
Next Post
म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In