काठमाडौँ– पोखराको भलाममा रहेको घारी क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्लबले माघे सँक्रान्ति तथा क्लबको स्थापना दिवस पारेर उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
क्लबले आयोजना गर्न लागेको खेलकुद प्रतियोगिता अन्र्तगत खुला भलिबल प्रतियोगिताको विजेताले ५० हजार नगद सहित पुस्कार पाउने छन् । यस्तै, दोस्रो हुने टिमले ३० हजार पाउने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार नगद पुरस्कार सहित मेडल पाउने छन् । भलिबल प्रतियोगितामा सहभागी हुने टिमको लागि दर्ता शुल्क ५ हजार तोकिएको छ ।
यस्तै, कुर्ची दौड तथा घैँटो फुटाउने प्रतियोगिताको विजयी खेलाडीले मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार पाउनेछन् ।
कार्यक्रमलाई थप आर्कषक थप्नको लागि विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिता घारी क्लबको खेलमैदानमा पुस २९ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।













