• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा

by
१७ अशोज २०८१,
0
डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा

af9Ln] ;'/lIft :yfgdf ;b}}{ ehgLsf gful/s 6Lsfk'/, ! c;f]h nuftf/ tLg lbg;Dd jiff{ ePkl5 cfPsf] af9Ln] hndUg ePkl5 x'nfsL ;8sdf ;b}{ u/]sf ehgLsf :yfgLo . ehgLsf ;a} j8f 8'jfgdf k/]sf 5g . ehgLdf ;of}F kl/jf/ ;8sdf ;/]sf 5g . t:aL/ M b'uf{ b]jsf]6f /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी)। यही असोज ११ र १२ गतेको अविरल वर्षाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ वगुवन र सिसेनी क्षेत्रका १२२ घर डुबानमा परेका छन् ।

नारायणी नदी बस्तीमा पस्दा बगुवन र सिसेनी क्षेत्र पूर्ण रूपमा डुबानमा परेको थियो । डुबानबाट मानवीय क्षति नभए पनि घर, विद्यालय, धानखेतीमा ठूलो क्षति भएको विनयी त्रिवेणी–१ का वडाध्यक्ष दीपक पौडेलले बताए ।

“बगुवन र सिसेनीका १२२ घर डुबानमा पर्दा घरभित्रको खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री पूर्णरूपमा भिजेको पाएका छौँ भने पाक्न लागेको धान बाली डुबानले नष्ट भएको छ”, उनले भने, “मानवीय र पशु चौपायामा क्षति नभए पनि भौतिक र कृषि बालीमा धेरै क्षति भएको छ ।”

डुबान प्रभावित घरपरिवारलाई वडाको समन्वयमा राहत सङ्कलन गरी वितरण गरिएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी तत्काल अत्यावश्यक राहत वितरण गर्ने निर्णय बमोजिम स्थानीय समाजसेवीसँग सङ्कलन गरी राहत वितरण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिका कार्यालय र वडा नम्बर १ को समन्वयमा खाद्यान्न, त्रिपालसहितका सामग्री वितरण गरिएको वडाध्यक्ष पौडेलले बताए । केही दिनका लागि अत्यावश्क खाद्यान्न वितरण गरिए पनि अब बाँकी दिनका लागि कसरी व्यवस्थापन गर्ने चुनौती रहेको उनले बताए । यस क्षेत्रमा करिब १०० बिघा क्षेत्रमा लगाइएको धानखेती डुबानमा परेको छ ।

“घरभित्र रहेको सबै खाद्यान्न भिजेकाले ठूलो चुनौती देखिन्छ , खेतमा रहेको धानबाली पनि डुबानले असर गरेको हुँदा यहाँका डुबान प्रभावितका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्नु तत्काल आवश्यक देखिन्छ”, उनले भने, “अहिलेसम्म स्थानीयस्तरबाट गर्न सकिने सहयोग गरेका छौँ, अब अन्य सहयोगी हातको पनि आवश्यकता परेको छ ।”

डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य संवेदनशीलताको ख्याल गरी स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गरिएको छ । स्थानीयमा कुनै प्रकारको स्वास्थ्य समस्या नहोस् भन्नका लागि स्वास्थ्य परीक्षण र आवश्यक औषधि वितरण गरिएको वडाध्यक्ष पौडेलले बताए ।

गाउँपालिकामा असोज ११ र १२ गतेको वर्षाले बगुवन र सिसेनी क्षेत्रमा पु¥याएको क्षतिको आकलन गरी गाउँपालिकाको तर्फबाट राहत घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । बगुवन क्षेत्रमा बर्सेनि नारायणी नदी डुबानले समस्या पार्ने गरेकामा यसवर्ष ठुलो क्षति भएको गाउँपालिका अध्यक्ष गिरीले बताए । डुबान प्रभावितका लागि अहिलेसम्म स्थानीयस्तरबाट गर्न सकिने सहयोग गरिएको भए पनि बाह्य सहयोग प्राप्त नभएको उनले जानकारी दिए ।

“गाउँपालिकाभित्रको समग्र क्षतिलाई मूल्याङ्कन गरी सक्दो राहत दिने तयारी गरेका छौँ”, उनले भने, “धान बालीमा धेरै क्षति भएकाले यसको असर आगामी वर्षसम्म पनि रहने भयो ।”

डुबानका कारण विद्यालय पूर्णरूपमा बन्द

डुबानका कारण बगुवनमा रहेको लक्ष्मी आधारभूत विद्यालय पूर्णरूपमा बन्द भएको छ । विद्यालयमा लेदो माटो पसेकाले विद्यालयको शैक्षिक गतिविधि पूर्णरूपमा बन्द भएको वडाध्यक्ष पौडेलले बताए । सामान्य वर्षामा पनि विद्यालयभित्र पानी पस्ने गरेकामा यसवर्ष विद्यालयको छानोसमेत ढाक्ने गरी डुबान भएकाले विद्यालय दसैँपछि मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताए ।

विद्यालयमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा वर्षाले विद्यालय डुबानमा परेपछि बिचमा नै अवरुद्ध भएको उनले जानकारी दिए। कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा दुई विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयभित्रका कम्प्युटर, पाठ्यपुस्तक, कागजपत्र सबै डुबानमा परेका कारण विद्यालयमा भएको यकिन क्षति निकाल्न बाँकी रहेको शिक्षा शाखा प्रमुख पाण्डेले बताए ।

Previous Post

दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना झ्याप्लेखोलामा अस्तायो

Next Post

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
Load More
Next Post
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In